काठमाण्डु, ७ फागुन – श्रम तथा रोजगार कार्यालय विराटनगरका तत्कालिन प्रमुख प्रेमप्रसाद सञ्जेलले पहिलेकै कार्यालयमा समायोजन नगरे अदालत जान बाध्य हुने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री, संघीय मामिला तथा समान्य प्रशासन मन्त्री, सचिव र श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयलाई पत्र लेखेर सञ्जेलले अन्यत्र खटाए अदालत जान बाध्य हुने चेतावनी दिएका हुन । उनले पठाएकोे हस्तलिखित पत्रमा भनेका छन, ‘कानून बिपरित विराटनगर स्थित श्रम तथा रोजगार कार्यालयबाट काज सरुवा गरिएकोले मेरो समायोजन एक नम्बर प्रदेश अन्र्तगतको सोही कार्यालयमा होस ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२५ असोज २०७५ मा श्रम तथा रोजगार कार्यालयमा बरिष्ठ श्रम अधिकृतको रुपमा हाजिर भएका सञ्जेलको ९ पुसमा सीप विकास कार्यालय सुनसरीमा कामकाज गर्नेगरि सरुवा गरिएको थियो । उनी हालसम्म काज सरुवा भएको कार्यालयमा हाजिर भएका छैनन । सञ्जेलले एक नम्बर प्रदेशको श्रम तथा रोजगार कार्यालयमा रहेर काम गर्ने गरि समायोजना फारम भरेको बताएका छन् ।

श्रम तथा रोजगार कार्यालयमा आएपछि सञ्जेलले नक्कली जलबिद्युत्त आयोजना र कृषि कम्पनी खोलेर कर्मचारीलाई पारिश्रमिक नदिने, उद्योगमा पारिश्रमिक नदिने र बैदेशिक रोजगारका नाममा ठगी गर्नेहरुलाई पक्राउ गरी कारबाही गराउन थालेका थिए ।

यसबाहेक योगदानमा आधारित समाजिक सूरक्षा योजना लागू गराउन र श्रम ऐन अनुसार मजदुरको न्युनतम पारिश्रमिक दिलाउने थालनी सञ्जेलले गरेका थिए ।

घुस नखाने र अरुलाई पनि खान नदिने अडान भएका सञ्जेलको श्रम तथा रोजगार कार्यालयबाट असमय सरुवा भएपछि खुलेर विरोधमा उत्रिएर चर्चित भएका थिए । उनी अहिले भ्रष्टचार बिरोधी सेलिब्रेटी नै बनेका छन् ।