काठमाण्डु, ८ फागुन – गृहमन्त्री रामबहादुर थापाले सुन तस्करको सञ्जाल ध्वस्त पार्न राज्य सफल भएको दावी गरेका छन् ।

बुधबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले सुन तस्करहरुलाई कारबाही हुने दावी समेत गरे । ‘राज्य सुन तस्करको सञ्जाल ध्वस्त बनाउन सफल भएको छ’, उनले भने, ‘अब तस्करलाई कारबाही हुन्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गृहमन्त्री थापाले सिन्डकेटको अन्त्य भइसकेको दावी गरेका छन् । सरकारले सिन्डीकेट अन्त्यका लागि पहल सुरु गरे पनि त्यसलाई निष्कर्षमा पु¥याउने बेला सरकार पछाडि हटेको भन्ने सांसदहरुको आरोमा उनले भने, ‘सिन्डीकेटको अन्त्य भइसेको छ, यो अब फर्कने अवस्था छैन ।’

गृहमन्त्री थापाले राज्यले सबै प्रकारका सिन्डिकेट अन्त्यका लागि लागि परेको बताउँदै छिट्टै कानून नै बनाएर सिन्डीकेटको अन्त्य गर्ने बताए ।

गृहमन्त्री थापाले देशमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको दावी गरेका छन् ।

उनले निर्मला हत्याकाण्डतर्फ संकेत गर्दै अपराधीहरुलाई छिट्टै कठघरमा उभ्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।