काठमाडौं, फागुन ८

काठमाडौं उपत्यकामा ट्याक्सी चलाउँदै आएका धरान निवासी सिमल राईले जव आफ्नो ट्याक्सीमा यात्रुले सामान छोडेको देखे, मनमा अचम्मको छटपटी भयो । सामान छाडने यात्रुको मनको पीडा कस्तो होला भन्ने चिन्ताले राईलाई सतायो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

के गर्ने भन्ने सोच्नै सकेनन । कसरी फिर्ता दिऊँ भन्ने सोच्दा पत्ता लगाउनेउपाय भएन ।उहाँ साझै ट्राफिक प्रहरीमा पुग्नुभयो । यसरी उहाँले यात्रुले ट्याक्सीमा छाडेको साढे तीन लाख रुपैयाँबराबरको सुनको गरगहना र नगद ट्राफिक प्रहरीसमक्ष बुझाएर इमान्दारिताको उदाहरण प्रस्तुत गर्नुभयो । राईले ट्राफिक प्रहरीलाई बुझाएको गरगहना र नगद सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ ।

धरान उपमहानगरपालिका–१९ चौकीबारीका घर भई हाल काठमाडौं भीमसेनगोला बस्दै आएका ३८ वर्षीय चालक राईले आफूले चलाउँदै आएको बा२ज २२७९ नम्बरको ट्याक्सीमा भेटिएको गहना र नगद ट्राफिक प्रहरी समक्ष बुझाउनु भएको थियो । अनामनगरबाट नैकाप जाने क्रममा यात्रुले छाडेको ती सामान उहाँले आफैँ ट्राफिक कार्यालय पुगेर बुझाउनु भएको थियो ।

ट्याक्सीमा राईले सुनको मंगलसुत्र २ थान, चन्द्रमुखी १ थान, तिलहरी १ थान, हार १ थान, पिजाडा टप १ जोडी, बेरुवा रिङ १ जोडी, औंठी ३ थान, नगद ६ हजार १ सय २३ रुपैयाँ र लेडिज पर्स १ थान फेला पार्नुभएको थियो ।

छुटेको सामान काठमाडौं थापागाउँ बस्ने गुल्मी बाझकटेरी ३ घर भएकी २८ वर्षीया वसन्ता भुषालको रहेको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले ती सामानको धनी पत्ता लगाएर उहाँकी बहिनी २४ वर्षीया सोनिया भुसाललाई हस्तान्तरण गरेका हो ।