दमक/ झापा गौरिगंज गाँउपालिका वडा नं.६ मा आज सवारी दुर्घटना हुँदा एक बालक घाइते भएकाछन् ।

गौरादह नपा ६ बस्ने नगेन्द्र चुडालको छोरा वर्ष ११ को सागर चुडाललाइ बाटो क्रस गर्ने क्रममा को ८ प ६२९० नम्बरको मोटर साइकलले ठक्कर दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ठक्करबाट घाइते भएका चुडालको नोवेल अपताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैगरी हिजो कमलगाउपलिका ५ मगंलबारे चोक स्थित भित्रि सड्क खण्डमा उत्तर बाट दक्षिण तर्फ आउदै गरेको को ११प ८६६२ नम्बरको मोटर साइकलले बिपरीत दिशा बाट आउदै गरेको साईकल यात्री लाई ठक्कर दिएको छ ।

ठक्कर दिइ दुर्घटना हुँदा साईकल यात्री कमलगांउपालिका ५ बस्ने बर्ष ३३ की देबी नेपाली घाईते भएको जनाईएको छ ।