परिवारलाई सुखी बनाउनको लागी हरेक सदस्यले आफ्नो कर्तव्य, जिम्मेवारी र उत्तरदायित्वलाई राम्ररी पालना गर्न सक्नुपर्दछ । परिवार सुखी हुनु भनेको जीवनको सबैभन्दा सर्वाेच्च सुखी हो । जब परिवारमा हरेकले आफ्ना कर्तव्यपूर्ण रुपमा पालना गर्दछन् तब परिवारमा दुःख, कष्ट, पीडा, तनाव हुदैन् र जीवनको ठुलो खुसी खोज्न कँही जानुपदैन् ।

पछिल्लो समयमा परिवार विखण्डित भइरहेको छ । धेरै व्यक्तिहरु एकल परिवारमा बस्नुको साथै बच्चालाई समेत होस्टलमा राखी आफू एक्लो जीवन बिताइरहेका छन् । खास मानिसको प्रवृत्ति वा स्वभाव भनेको एक्लै बस्नु नभई समुहमा घुलमिल भई बस्नु हो । मानव एकअर्काको आड भरोसा बिना रहन सक्दैन् । मानिसको समुहले समाज बन्यो र उक्त समाजमा विभिन्न मुल्य र मान्यता पनि तय भयो, समाजले तय गरेको मुल्य र मान्यतामा हामी अहिले जीवन व्यतित गर्दै आइरहेका छौं ।

पहिले पहिले सबैजसो मानिस सयुक्त परिवारमै आफ्नो जीवन व्यतित गर्दर्थे । जसमा परिवारलाई एक ढिक्का बनाएर राख्न घरको पाको व्यक्ति हाम्रो आर्दश बनेका हुन्थ्ये । हरेक घरमा आफ्नै संस्कार भएको कारण संस्कारलेनै घरलाई मर्यादित बनाउने गर्दछ । परिवारमा रहेका आफू भन्दा ठुला वा हजुरबुबा हजुरआमाले संस्कारलाई पालना गर्नमा विशेष जोड दिने गर्दर्थे । यहि संस्कार अहिलेको पुस्तामा बाढ्न चाहेपनि परिवारको संरचना फेरिएकोले परिवारको दायित्व र मार्यादा खुम्चिएको छ ।

अंधिकाश बालबालिकाले अहिले सयुक्त परिवारमासगैं बस्दा कस्तो हुन्छ भन्ने महशुस गर्न पनि पाएका छैनन् । परिवारको आफ्नो सदस्य पनि टाढाको व्यक्ति जस्तो भइसकेको छ । आमाबुबा, छोराछोरी, काकाकाकी, हजुरबुबा, हजुरआमासगैं बसेर खानको लागी कुनै विशेष दिनलाई पखर्नुपर्ने भएको छ । यस कारणले गर्दा सबैजसो परिवारको जीवनमा खुसी र उत्साह कम हुदैं गएको छ ।

परिवारलाई कसरी खुसी र उत्साहित बनाउने ?
सर्वप्रथम त खुसी र उत्साहित बनाउको लागी परिवारलाई प्रेमको जरुरत पर्दछ । प्रेम जन्माउन चाह्यो भने हामीले सजिलै सक्दछौं । प्रेम परिवारमा एकले एर्काको सम्मान गरेमा आफैमा उत्पन्न हुन्छ । त्यस्तै एकअर्कालाई सपोट गर्ने, संस्कारलाई पालना गर्ने, सबैजना सक्रिय रहने र सकारात्मक अभ्यास गरी धर्मको पनि पालन गर्नुपर्दछ । साच्चै यसो गर्दा माया प्रेम बढ्दछ, जसको कारण परिवार एकढिक्का हुन्छन् । परिवारमा आपसी समझदारी मेलमिलाप र प्रेम नहुदाँ एकल परिवार टुक्रने कारण यस्तो हुन नदिनको लागी सदैव सकारात्मक सोचको विकास गर्न जरुरी देखिन्छ । त्यस्तै परिवारमा सदैव समुधर सम्बन्ध स्थापित गर्नको लागी कुलको सम्मान गर्ने, स्त्रीले आफ्नो धर्म मर्यादित पूर्वक पालना गर्ने, पतिपत्नी बिच छलफल गरेर मात्र काम गर्ने बानी गर्ने, पुरुषले पनि महिलालेझै आफ्नो मर्यादामा रहने गर्नुपर्दछ । अर्को एक महत्वपूर्ण कुरा निर्णय लिदाँ कसैले पनि एकलौटी नलिई सबैसगँ छलछफ गरेर लिने गर्नुपर्दछ ।

किन सयुक्त परिवार?
सयुक्त परिवार भन्ने बित्तिकै त्यहाँ परिवारका सम्पूर्ण सदस्य एकढिक्का भएर रहेका हुन्छन् । हाम्रो हिन्दु सनातन धर्मले जुन घरमा सयुक्त परिवारको पोषक हुन्न उनीहरुको शान्ति र समृद्धि केवल भ्रम हुने बताएको छ । हामीले मध्ये धेरैले महशुस पनि गरेको हनुपर्दछ, सयुक्त परिवारमा बस्दा कस्तो उंमग हुन्छ भनेर । आजको सामाजिक परिवर्तनको कारणले परिवार टुक्रिएमा पनि सुख र दुखमा उनीहरुको उपस्थित चाहिरहेको हुन्छ । जहाँ परिवारको सदस्यको उपस्थित हुदैन्, त्यहा कहिले पनि खुसी नमिल्ने हुदाँ सयुक्त परिवारनै आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah