काठमाडौं, फागुन ९

नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा धर्ना बसेका नेपाल विद्यार्थी संघ (नेविसंघ) कार्यकर्ता र पार्टीका नेताहरुबीच झडप भएको छ । अनसनमा बसिरहेका नेविसंघका कार्यकर्तालाई महामन्त्री विमलेन्द्र निधी र सहमहामन्त्री प्रकाशशरण महतले हातपात गरेको विद्यार्थी नेताहरुले आरोप लगाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेविसंघको विधानमा रहेको ३२ वर्षे उमेर हद कार्यान्वयन गर्न तथा देशभरको स्ववियू सभापति ईकाई अध्यक्षलाई केन्द्रीय प्रतिनिधि हुने प्रावधान राख्न माग गर्दै धर्ना बसेका नेविसंघका कार्यकर्तालाई कांग्रेस नेताले लछारपछार गर्न खोजेपछि हात हालाहालको स्थिति आएको हो ।झडपमा परी धर्नामा रहेका विद्यार्थी नेता पवन थापा, जीवन सुवेदी, सुल्तान मियाँलाई विमलेन्द्र निधिका सुरक्षाकर्मीले अभद्र व्यवहार गरेपछि आक्रोशित बनेका विद्यार्थीको समूहले नाराबाजी गरिरहेकै स्थानमा पुगी नेता विमलेन्द्र निधिले हात हालेको निर्वतमान केन्द्रीय सदस्य रत्नहरी ढुंगेलले बताउनु भयो ।

त्यस्तै सह महामन्त्री प्रकाशशरण महतले विद्यार्थी नेता निरन्जन थापालाई बोलाएर कार्बाही गर्ने धम्की दिएको निवर्तमान केन्द्रीय सदस्य नमराज त्रिपाठीले जानकारी दिनुभयो ।