आजको- पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन १० गते, शुक्रबार, इश्वी सन् २०१९ फेब्रुवरी २२ तारिख, शकसंवत् १९४०, विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३९ सिल्लागा,फाल्गुण कृष्णपक्ष,तिथि– तृतीया, १५:११ बजेउप्रान्त चतुर्थी,नक्षत्र– हस्त, २९:०५ बजेउप्रान्त चित्रा,योग– शूल, २४:०४ बजेउप्रान्त गण्ड,करण– भद्रा, १५:११ बजेदेखि वव, २६:१५ बजेउप्रान्त वालव आनन्दादिमा अमृत योग। चन्द्रराशि– कन्या,सूर्योदय– ६:३८ बजे, सूर्यास्त– १७:५९ बजे र दिनमान २८ घडी २२ पला।

भोलिको- पञ्चाङ्ग वि.सं. २०७५ साल फागुन ११ गते,शनिबार, इश्वी सन् २०१९ फेब्रुवरी २३ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण, शिशिर ऋतु, नेपाल संवत् ११३९ सिल्लागा, फाल्गुण कृष्णपक्ष, तिथि– चतुर्थी, १३:२४ बजेउप्रान्त पञ्चमी,नक्षत्र– चित्रा, २८:११ बजेउप्रान्त स्वाती, योग– गण्ड, २१:३१ बजेउप्रान्त वृद्धि, करण– वालव, १३:२४ बजेदेखि कौलव, २४:३७ बजेउप्रान्त तैतिल,आनन्दादिमा काण योग,चन्द्रराशि– कन्या, १६:३५ बजेउप्रान्त तुला सूर्योदय– ६:३७ बजे, सूर्यास्त– १७:५९ बजे र दिनमान २८ घडी २६ पला।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दबाबमा परिनाले अधैर्यपना बढ्न सक्छ,अनुकूल समय छ,आयआर्जन बढ्ने छ,माया/प्रेमको वातावरण बन्नेछ,आजको शुभ अंक ६ रहेको छ ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – चिन्ता र छटपटी बढ्न सक्छ,बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ,ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन् ,आजको शुभ अंक १० रहेको छ ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) – कमजोरीमाथि टिप्पणी हुन सक्छ,प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध राम्रो हुनेछ,दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ,आजको शुभ अंक १ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ,मन खिन्न रहनेछ, राम्रै फाइदाको योग छ,विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – कठिन चुनौती सामना गर्नुपर्ला,दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ,आत्म–विश्वासमा कमी आउने छ,आजको शुभ अंक ५ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ, फुर्सदिलाहरूले अलमल्याउन सक्नेछन,धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ,आजको शुभ अंक ३ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)– विचारले धेरैलाई आकर्षण गर्ने समय छ विद्यामा कमजोरी र लेनदेनमा विवाद होला,धार्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला,आजको शुभ अंक १० रहेको छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)– दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ,समयले कोल्टे फेरेको छ,मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ, आजको शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)– शत्रुहरू बढ्नाले समस्या थपिएलान्, मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ,ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ,आजको शुभ अंक ९ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ, स्वास्थ्यमा सुधार आउने छ ,कताकता भाग्यबलमा कमी भएको आभास गर्नु हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,दबाबमा परिनाले अधैर्यपना बढ्न सक्छ,स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ,आजको शुभ अंक ८ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – स्वास्थ्य भने कमजोर रहला,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ ,शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ,आजको शुभ अंक ११ रहेको छ ।

तन्त्र मन्त्र ज्योतिष सेवा बाट कुनैपनि समस्याको समाधान गर्न तथा परामर्शको लागि सम्पर्क-९८५११४७६३१

दिब्य ज्योतिष बाट साभार