दमक/झापा दमकका सामाजिक क्षेत्रमा अभिप्रेरीत भइ संगठित बनेर पहिलो पाइला नेपाल दमक शाखामा आवद्ध युवाहरुको प्रयासमा बाँहदशी गाँउपालिकाका बिपन्न बालबालिकाहरुलाइ स्कूल झोला वितरण गरेकाछन् ।

बाह्रदसी गाउपालिका स्थित सुन्दरपुर प्राबिका अति पिछडिएका बालबालिकाको लागि ६६ थान ब्याग र स्टेसनरी सामान बितरण गरिएको सदस्य मेघनाथ फुयाँलले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संघीय साँसद राजेन्द्र लिङ्देनको उपस्थितिमा ब्याग सहित स्टेशनरी बितरण गरिएको थियो । यो कामको लिङ्देनले खुलेर प्रशंशा गरेका थिए । एकबर्ष अघिदेखि संगठित बनेका दमकका युवाहरुले बिभिन्न समयमा रचनात्मक काम गर्दै आएकाछन् ।