प्रधानमन्त्री केपी शर्मा ओली आजबाट ६८ औं वर्षमा प्रवेश गर्नुभएको छ । उहालाई जन्मदिनको शुभकामना दिन पार्टी सम्बद्ध नेता कार्यकर्ता तथा विभिन्न संघ संगठन बालुवाटार पुगिरहेका छन् ।
कसैले जन्मदिन मनाउन केक लिएर पुगेका छन् भने कोही पुग्दैछन् । तेह्रथुमको इवामा बिसं २००८ फागुन ११ मा प्रधानमन्त्री ओलीको जन्म भएको हो । जन्मदिनको अवसर पारेर नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई शुभकामना दिनु भएको छ ।
उहाले जन्मदिनको अनेक अनेक शुभकामना भन्दै नयाँ पुस्ताले सधै खोजिरहने काम गर्न सुझाव दिनु भएको छ । उहाले भन्नुभएको छ, ‘टाढासम्म दृष्टि पुगोस, नजिककालाई सोधियोस्, टाढाकालाई खोजियोस, नयाँ पुस्ताले सधैं खोजिरहुन, आत्माबल र ईच्चाशक्तिको प्रशंसा गर्दछु, थप उदारता र सामुहिकताको अपेक्षा गर्दछु ।’











