काठमाण्डाै - अबको केही दिन देशभरिकै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् ।

आज दिउँसोपछि पश्चिमी वायु केही सक्रिय हुने देखिएकाले दिउँसोदेखि नै देशभरिकै मौसम एकैछिन खुल्दै फेरि बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार आज दिउँसो देशभरिकै मौसम आशिंक बदली भए पनि पानी पर्ने सम्भावना छैन ।

भोलि र पर्सि थोरै पहाडी भेगमा मेघगर्जनसहित पानी पर्ने उहाँको अनुमान छ । यस्तै अब प्रि-मनसुन सुरु हुन लागेकाले दिउँसो हावा पनि लाग्न सक्ने उहाँले जानकारी दिनुभयो ।