काठमाडौँ, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । धुम्वराहीस्थित ह्याम्स अस्पतालमा उपचारत उनको स्वास्थ्य सुधारोन्मुख देखिएको स्वकीय सचिव महेश विष्टले जानकारी दिए।

नेता अधिकारीको उपचार सघन उपचार कक्षमा (आइसीयु) मै राखेर गरिएको छ । गत माघ २ गते उनको स्वास्थ्यमा समस्या देखिएर ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएमा सुधार नभएपछि उनलाई माघ २४ गते ह्याम्स अस्पतालमा लगिएको थियो । स्वकीय सचिव विष्टका अनुसार छातीमा समस्या देखिएको बयासी वर्षीय अधिकारीको उपचारमा डा.राजु पङ्गेनी, डा.मनबहादुर केसी र डा.अर्जुन कार्कीलगायत सम्लग्न छन् । रासस

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड