प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन संविधान संशोधनमा सहयोग गर्न गरेको आग्रह नेकपा एमालेले अस्वीकार गरेको छ ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संशोधन प्रस्तावमा सहयोग गर्न गरेको आग्रह एमालेले इन्कार गरेको हो । बैठकबाट बाहिरिँदै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन प्रधानमन्त्रीले संशोधन प्रस्तावमा सहयोगका लागि गरेको आग्रह एमालेका नेताहरुले अस्वीकार गरेको जानकारी दिए ।

संविधान संशोधन प्रस्तावको टुंगो नलगाई चुनावको मिति घोषणा गरेको भन्दै मधेसी मोर्चाले आन्दोलनको कार्यक्रम सार्वजनिक गरिसकेको छ । सरकारले लामो रस्साकस्सीपछि हिजो सोमबार साँझ आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको थियो ।

सर्वदलीय बैठकमा मोर्चालाई निर्वाचनमा ल्याउनबारे छलफल केन्द्रित रहेको पनि गच्छदारले बताए । उनका अनुसार सीमांकन हेरफेर विषयमा बैठकमा बढी विवाद देखिएको छ ।

सीमांकनको विवाद संघीय आयोग गठन, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर वा अरु माध्यमबाट मिलाउने भन्ने विविध विषयमा छलफल चलिरहेको उनले बताए ।

प्रधानमन्त्री दाहालको आह्वानमा भएको सर्वदलीय बैठक मधेसी मोर्चाले भने बहिष्कार गरेको छ ।
एमाले प्रमुख सचेतक भानुक्त ढकालले निर्वाचन सफल बनाउने कुरामा सहयोग गर्ने तर संशोधन प्रस्तावका बारेमा छलफल गर्न समेत नसकिने अडान दोहोर्याए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah