कुनै दिन मानिस अचम्ममा परेर ढलेर बेहोस् भएछन् भने त्यसमै अचम्ममा नपर्नु होला । एउटा मान्छेले घुस खाएको अडियो भिडियो प्रमाण छताछुल्ल भइसक्यो । उनले स्वीकार गरिसके तर उनलाई कारवाही कसरी गर्ने र के आधारमा गर्ने भन्ने निर्णय कसैले गरे को छैनन् ।प्रसंग अख्तियारका आयुक्त राजनारायण पाठक घुस काण्डको । सरले कति खानु भो त्यसको हिसाब नभएपनि ७८ लाख घुस खाएर नपचेको कुरा त क्लियर नै छ नि । राजपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र झाले २ पटक गरेर पाठक सरको घरमै पैसा बु झाएको कुरा पनि क्लियर छ ।

भिडियो फुटेज बाहिर नआओस भनेर पाठक सरले माओवादी कार्यकर्ताको प्रयोग गरेको कुरा पनि क्लियर छ । पाठक सरका भाई, पुर्वाञ्चल विश्व बिद्यालयका डिन शुभनारायण पाठकको संलग्नता पनि क्लियर छ । पैसा खुवाउने व्यक्ति लम्बोधर न्यौपाने नै हुन भन्ने पनि क्लियर छ ।उक्त भिडियो खिच्ने विचौलिया तत्कालीन माओवादीका नेता कार्यकता हुन भन्ने पनि क्लियर छ । अखिल क्रान्तिकारीका नेता कैलाश मगरको नाम आएको कुरा क्लियर छ । केलाशले उपराष्ट्रपति पुत्र दिपेश पुनको नाम पटक–पटक लिएको पनि क्लियर छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उपराष्ट्रपति पुत्र दिपेशले ७८ लाख दिएको रेकर्ड गर्ने र बीचको विचौलिया सबै भूमिका खेल्ने आफ्नै पार्टीको माओवादी कामरेड नै हुन भन्ने पनि क्लियर छ ।यी उल्लेखित क्लियर भएका मानिसहरु यतिखेर कहाँ छन्, तपाईलाई थाहा छ ? आ–आफ्नै घरमा । रा जनारायण पाठक र लम्बोधर न्यौपाने २ जना घुस लिने र दिने व्यक्ति हुन् । यिनले घुस लिएको र दिएको सारा प्रमाण पुगिसक्दा पनि यो देशको कानुनले यिनलाई नियन्त्रण गर्नसक्दैन, खोरमा जाकेर अनुसन्धान गर्न सक्दैन भने यो देशलाई भ्रष्टाचार मुक्त बनाउँछु भन्ने एक एक मानिस गफाडी हो ।

घुस खाएका प्रमाण पेश गर्दा पनि घुस्याहा नसमातिने हो भने आउनुहोस्, लाज पचाउनुहोस र मलाई समात्नुहोस । संसारको कुन देशमा भ्रष्टाचार गरेको प्रमाणसहितका भिडियो रेकर्डिङ बाहिरिएपछि त्यसमा संलग्न मानिस, प्रत्यक्ष–अप्रत्यक्ष नाम आएका मानिस, हा न्ने राँगो, छाडा साँढे र मत्ता हात्ती जसरी बाहिर घुम्न पाउँछ ?राजनारायणले भिडियोमा माधव नेपाल, शेरबहादुर देउवा, उपेन्द्र यादव, महन्थ ठाकुर र स्वयं प्रधानमन्त्री केपी ओलीको नाम लिएका छन् । कतै लहरो तान्दा पहरो गर्जिने भएर त होइन ? एउटा घुस्याहा समाउन कट्टु मै मलमुत्र चुहाउनु पर्ने कारण के हो ?

छानविन हुँदैछ, मान्यौ तर प्रमाण प्राप्त बिषयको छानविन गर्ने कानुन नै यही हो ?विधि नै यही हो त ? पत्ता लागेको घुस्याहालाई त समाउनै नसक्ने व्यवस्थामा उभिएर लुकेका भ्रष्टाचारीलाई कसरी पत्ता लगाउने । काण्डमा संलग्न सबैलाई तुरुन्त नियन्त्रणमा लिनु पर्दैन । उपराष्ट्रपतिका छोरा दोषी छैनन्, होला तर उनीबाट पनि थप जानकारी आउन सक्छ ।नाम आइसकेपछि जो सुकैको छोरा होस, जो सुकैको नाती होस् यदि यो जनताको शासन हो भने सबलाई नियन्त्रणमा लिएर छानबिन गर्नुपर्छ । उसैपनि नेताका छोरा छोरीहरु काम धन्दा, व्यापार, व्यवसाय ठेक्का–पट्टा, साँठगाँठ पहिलेका राजाका छोराहरुलाई नै माथ गर्ने खालको भैसक्यो ।

यो बिषयमा पछि सीधा भन्दा पनि सीधाकुरा गरौँला । तर पावर र पहुँचवालाहरुको नृत्य हेर्न यो देशमा हजारौँले बलिदान दिएका होइनन् । सयाँैको सिउदो पुछेर, कयौलाई टुहुरा र अपांग बनाएर ल्याइएको व्यवस्थामा लड्ने नेता र तिनका सन्तान र आफन्तले व्याज खाएको देखिन्छ ।सेनाको भ्रष्टाचार हेर्नै नमिल्ने, अख्तियारको भ्रष्टालाई फेर्नै नमिल्ने, अदालतमा फर्जि डकुमेन्ट पेश गरी बेन्च सपिङ गर्ने न्यायाधिशलाई छुनै नमिल्ने, नेताका छोराछोरीका ठेक्का पट्टाको जालो तोड्नै नमिल्ने, कांग्रेस त कांग्रेस भैगए कम्युनिष्ट नेता पनि धनाढ्य हुने, सम्पती नै सम्पत्ती जोड्ने, ठुल्ठुला कम्पनीको शेयर किन्ने तर पार्टीले चुइक्क बोल्नै नमिल्ने, कर्मचारी टुप्पिएर उधुम छ, खटाएको ठाँउमा जानै नमिल्ने ।

हैन, हाम्रो मुलुकमा राजा हटेको एक दशक पनि नबित्दै कति धेरै राजा, महाराजा जन्मिएका हुन ? नव युवराज र नव शाह ज्यादहरु अति नै ज्यादा भए । नियन्त्रण गर्न नसक्ने हो भने बरु विभिन्न संघ संगठन खुले जस्तै नेपाल भ्रष्टाचारी तथा घुसखोरी महासंघ खोलाँै ।खुल्लम खुल्ला चलेको लुटलाई बरु संघ नै खोलेर खुला गराँै । नियन्त्रण गर्ने ह्याँकुला छैन भने रसिद काटेरै घुस खान दिआँै । कमसेकम घुसैको खाजश्व उठाएर पनि देशको अर्थतन्त्र उकास्न सकिन्छ कि !सप्रमाण चिनेका घुस्याहालाई पनि समाउन टाउको कन्याउने हो भने एक एक गर्दै निष्ठावान राष्ट्रसेवकलाई जेल कोचाँै । नेपालमा बसेर इमान्दार बन्ने ? एक एकलाई ठीक पारियोस्