झापा । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलप्रति लक्षित देशभर गरी आठ जिल्लामा आगजनी र विस्फोटका घटना भएका छन्। यसले नागरिकमा त्रास फैलिएको छ । बम विस्फोट हुन थालेपछि देशभरका जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार राति एनसेलको केन्द्रीय कार्यालय ललिलतपुरको नख्खुमा बम बिस्फोट गराएका अज्ञात समूहले विभिन्न जिल्लामा एनसेलका टावरलाई लक्षित गरी बम पड्काएको छ।
अहिले सम्म घटनाको जिम्मेबारी कसैले नलिएपछि सुरक्षा निकायको शंकाको घरेमा ‘विप्लव’ नेतृत्वको नेकपा परेको छ। नेकपाले अहिले सम्म घटनाको जिम्मेबारी भने लिएको छैन । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको विस्फाटले लमजुङ घर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भयो काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धर र ललितपुर ४ बागडोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्का घाइते छन्। उनीहरूको मेडिसिटी अस्पतालमा उपचार भई रहेको छ।
गृहमन्त्रीको जिल्लामा सुरक्षा व्यवस्था कडा देशभरका एनसेल टावरलाई लक्षित गरी बम विस्फोट र आगाजानी हुन थालेपछि प्रधानमन्त्रीको गृहजिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ । प्रहरी कार्यालय झापाले जिल्लामा रहेका एनसेल टावरमा सुरक्षा व्यस्था कडा पारेको जनाइएको छ । झापामा १५६ वटा एनसेल टावर छ, प्रहरी कार्यालय झापाका डिएपसी महेन्द्रकुमार श्रेष्ठले भने, ‘सबै टावरमा प्रहरी परिचालन गर्नुका साथै प्रहरी इञ्चार्जहरुलाई हाइ अलटमा रहन आदेश दिएका छौ ।’ ‘अहिले सम्म झापामा कुनै अप्रिय घटना भएको छैन र घटना हुन नदिने प्रहरी चौबिसै घण्टा खटाइएको छ’, उनले भने ।’
टाइम्स अफ प्रदेश बाट साभार










