गर्भवस्थालाई गर्भवर्ती भएपछिको विशेष अवस्थाको रुपमा लिइन्छ । यस्तो अवस्थामा महिलाहरु आफ्नो स्वस्थ्य प्रति निकै सजग रहन जरुरी छ । गर्भ वर्ती भएमा बच्चालाई पूर्ण रुपमा विकास गराई जन्माउनको लागी ९ महिना लाग्दछ । ९ महिना समयअवधिमा महिलाले पोषकतत्व र सुन्तुलित आराह लिनुपर्दछ । जसबाट बच्चा र आमामा कुनै असर देखापदैनन् । विशेषगरी पछिल्लो समयमा धेरै गर्भवर्ती महिलामा ब्लडप्रसेरको समस्या देखापरेको छ । यस्तो समस्या जथाभावी खानेकुरा खाँदा देखापर्दछ, तर दैनिक खानपानमा ध्यान दिएमा भने यस्तो हुदैन् । हरेक महिना गर्भवर्ती महिलाको शरीरमा केहि बदलापना हुने कारण खानपानको तालमेल नहुदा पनि ब्लडप्रसेर कन्ट्रोल हुन नसकेको हो ।
यस्ता छन्, ब्लडप्रेसर कन्ट्रोल गर्ने उपायः

१. लसुन
गर्भवस्थाको दौरानमा ब्लडप्रेसरको नियन्त्रण गर्ने प्राकृतिक घरेलु उपाय भनेको लसुन हो । लसुनमा पाइने शक्तिले ब्लडप्रसरको लेवललाई सहि बनाएर राख्ने काम गर्दछ, त्यस्तै लसुनले कोलस्टोर प्रतिरोधी तत्वलाई पनि कम गर्दछ । यस्तो अवस्थामा अक्सर महिललाई अठैन हुने सम्भावना हुन्छ, यसकारण महिलारु निकै चिन्तित पनि हुने गरेका छन् र एक्लै सुत्नु पनि सक्दैनन, तर नियमित रुपमा लसुन सेवन गरेमा अठैन हुने समस्या सिर्जना हुदैन् ।

२.नुनु
आफू र बच्चालाई स्वस्थ बनाउनको लागी गर्भवती महिलाले धेरै खानेकुरा खाने गर्दछन् तर धेरै खानु भन्दा पनि लिमिट खाने प्रयास गर्नुपर्दछ । धेरैको बानी नुनिलो परिकार धेरै खाने बानी हुन्छ। नुनको मात्रा बढी भएको खानेकुरा खाँदा ब्लडप्रेसर समस्याले सताउदछ । किनकि यस्ता खानेकुरामा सोडियम पाइन्छ । जसको कारण ब्लडप्रेसरको स्तर बढ्दछ, त्यसैले नुन धेरै भएको खानेकुरा खानमा कम गर्नुहोस् ।

३.योगा
गर्भवस्थामा आमाको मन शान्त भएमा बच्चा स्वस्थ हुने सम्भावना अधिक हुन्छ । तसर्थ मन शान्त बनाउनको लागी योगा गर्नु एक महत्वपूर्ण कुरा हो । यस्तो अवस्थामा शरीरमा परिवर्तन हुने र मनमा अनेक कुरा खेल्ने गर्दछ । दैनिक योगासान गर्ने हो भने मन शान्त हुने , तनावबाट मुक्त हुने र शरिर पनि एकदमै सन्तुलित हुन्छ । तर यस्तो बेलामा जथाभावि तरिकाले भने योगाभ्यास गर्नुहुदैन् । योगाबाट मेडिटेशनको साथमा ब्लडप्रेसर कन्टो«ल पनि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय