झापा । तातो दुधले पोलेर ११ महिने नवजात शिशुको मृत्यु भएको छ । सुनसरी इटहरी उप-महानगरपालिका १६ मा बस्ने ललन ऋषीदेवको ११ महिने छोरी अनु ऋषिदेव खेल्ने क्रममा चुल्होमा तताई रहेको दुधमा परेर फाल्गुन ४ गते घाइते भएकी थिइन ।

दुधले पोलेर घाइते भएकी शिुशलाई झुम्का मेडिकलमा उपचार भईरहेकोमा थप उपचारका लागि शनिवार धरान पठाईएको थियो उनको उपचारको क्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।