काठमाडौं । भक्तपुरको सूयविनायक नगरपालिका–८ आदर्श चोक बस्ने २६ वर्षीय निकेश भुजु भ्यानभित्रै मृत भेटिएका छन् । बा५ च ६४२१ नम्बरको भ्यानमा उनी मृत अवस्थामा फेला परेका हुन् ।

उनी शनिबार बिहान ५ वर्षीय छोरालाई कपाल काट्न र साथीकोमा जान्छु भन्दै घरबाट निस्केका थिए । उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा भक्तपुर नगरपालिका–९ लिवालीमा सो गाडीभित्र बेहोस जस्तो अवस्थामा फेला परेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तत्काल भक्तपुर अस्पताल पु-याई जाँच गराउँदा ३÷४ घण्टा अगाडि नै उनको मृत्यु भइसकेको अस्पतालले जानकारी गराएको हो । बालक गाडीभित्रै सकुशल फेला रहेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।