काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ ।

महाधिवेशनबाट ९८ जना केन्द्रीय सदस्य चयन गरेको छ । बुधबार राति अबेर सकिएको मतगणनामा खुलातर्फको केन्द्रीय सदस्यमा बुद्धिमान तामाङले सर्वाधिक मत ल्याएका छन् । सँगै गायिका कोमल ओली लोकप्रिय तेस्रो मत प्राप्त गर्दै खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएकी छिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राप्रपाको खुलातर्फ केन्द्रीय सदस्यको निर्वाचनमा पूर्वमन्त्री एवम् पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले सबैभन्दा बढी १९ सय ४ मत प्राप्त गरेका हुन् । वर्तमान भूमिसुधार मन्त्री विक्रम पाण्डे १८ सय ५८ मतसहित लोकप्रिय दोस्रो स्थानमा रहदै केन्द्रीय सदस्य निर्वाचित भए भने भर्खरै मात्र राप्रपामा प्रवेश गरेर खुलातर्फ केन्द्रीय सदस्यमा चुनाव लडेकी चर्चित गायिका एवम् सञ्चारकर्मी कोमल ओली लोकप्रिय तेस्रो मत १८ सय ५७ ल्याउदै केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् ।

राप्रपाको केन्द्रिय सदस्यमा विजयी ९८ जनाको नामावली

rpp-final-2

rpp-final-1     rpp-final-3              rpp-final-4