काठमाडौं- सोमवार सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा सय रुपैयाँले बढेर ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै तेजावी सुन प्रतितोला ६२ हजार ४ सयमा कारोबार भइरहेको छ ।

उता चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर ७८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।