मेष – यात्राको सुख मिल्नेछ । पारिवारिक भेटघाटमा रमाइलो हुनेछ । साताको मध्यमा कार्यमा बाधा, स्वास्थ्यमा बाधा एवम मानसिक समस्या बढ्नेछ । साताको अन्त्यमा विदेशबाट फाइदा, अधुरा काम बन्ने एवम धार्मिक कार्यमा खर्च हुनेछ ।

वृष – मुद्दा मामिलामा राहत मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवम विरोधी तह लाग्नेछन् । साताको मध्यमा साझेदारीबाट फाइदा, प्रेममा प्रगति एवम व्यावसायिक यात्रा हुनेछ । अन्त्यमा भने काममा ढिलासुस्ती, सम्मानमा आघात एवम मित्रजनबाट असहयोग मिल्नेछ ।

मिथुन – अध्ययनमा प्रगति हुनेछ । बुद्धिले साथ दिनेछ । सन्तानबाट खुशीयाली बढ्नुका साथै आम्दानीको स्तर वृद्धि हुनेछ । मध्यमा स्वास्थ्यमा सुधार मित्रजनबाट सहयोग एवम विरोधीहरु पर हट्नेछन् । अन्त्यमा भने ससुराल पक्षबाट फाइदा, वैवाहिक काममा व्यस्तता एवम भोजभतेरमा सहभागी भइनेछ ।

कर्कट– स्वास्थ्यमा प्रतिकुलता आउनेछ । घरायसी वादविवाद बढ्नेछ । मध्यमा भने बौद्धिक काममा रुचि, सन्तानबाट सहयोग एवम व्यापारमा फाइदा हुनेछ । साताको अन्त्यमा खर्च बढ्ने, चोटपटकको सम्भावना एवम शारिरीक अस्वस्थता रहनेछ ।

सिंह– दौडधुप बढी हुनेछ । सामाजिक काममा व्यस्त भइनेछ । उत्साह बढ्ने एवम दाजुभाईबाट सहयोग पाईनेछ । साताको मध्यमा भने अनावश्यक कलह, महिलापक्षसँग वैमनस्यता हुनेछ । अन्त्यमा भने अध्ययनमा रुचि, व्यापारमा फाइदा एवम सन्तानको प्रगति देखिनेछ ।

कन्या– बोलीको प्रभाव पर्नेछ । धनको वृद्धि हुनेछ । कुटुम्ब सहयोगले काम बन्नेछ । उत्साहमा वृद्धि एवम छोटो यात्रा हुनेछ । भाग्यले साथदिने एवम नयाँ मित्रसँग भेटघाट हुनेछ । सुखसयलमा मन जाने र बढी खर्च हुनेछ । अन्त्यमा भने स्वास्थ्यमा समस्या एवम नमिठो खबर आउन सक्नेछ ।

तुला– यात्राको योग बन्नेछ । नयाँ कामको थालनी हुनेछ । आफ्नो पहिचान बन्नेछ । धन सम्पतिको कारोबार बढ्ने एवम इष्टमित्रबाट भरपुर सहयोग मिल्नेछ । साताको अन्त्यमा भने यात्रा हुने, साथीभाईबाट सहयोग एवम दाजुभाईमा मेलमिलाप भएर आपसी झमेला टुंगिनेछ ।

वृश्चिक– खर्च धान्न मुस्किल हुनेछ । पैसाको अभावले काममा बाधा पुग्नेछ । सरसामान हराउन सक्ने एवम अनावश्यक घाटा बेहोर्नुपर्नेछ । मध्यमा भने राजनीतिबाट फाइदा एवम ठुलाबडासँग कारोबार हुनेछ । साताको अन्त्यमा भने हिँडडुलमा व्यस्तता एवम काममा प्रगति देखिनेछ ।

धनु – आम्दानी राम्रो हुनेछ । काममा फाइदा मिल्नेछ । नयाँ सरसामान घरमा भित्रिनेछ । साताको मध्यमा खर्च बढ्ने एवम नोक्सानीको भय रहनेछ । मनमा अशान्ति बढ्ने एवम स्वास्थ्यमा प्रतिकुलता देखिन्छ । अन्त्यमा भने रोजगारीको अवसर एवम कामबाट फाइदा मिल्नेछ ।

मकर – राजनीतिक लाभ मिल्नेछ । रोजगारीमा अवसर पाईनेछ । आम्दानी बढ्ने व्यापारमा फाइदा एवम धनको कारोबारमा सफलता मिल्नेछ । साताको अन्त्यमा भने काममा तनाव आउने एवम अनावश्यक लाञ्छना लाग्नेछ । स्वास्थ्यको लागि खर्च एवम अनावश्यक तनाव बढ्नाले काममा बाधा हुनेछ ।

कुम्भ – भाग्यले साथ दिनेछ । वैदेशिक काममा फाइदा मिल्नेछ । धर्ममा रुचि बढ्ने एवम सामाजिक काममा अवसर पाइनेछ । मध्यमा भने रोजगारीमा फाइदा एवम जिम्मेवारी थपिनेछ । साताको अन्त्यमा राम्रो आम्दानी हुने एवम धनको कारोबारबाट सन्तुष्टि मिल्नेछ । अचानक फाइदाको लाभ मिल्नेछ ।

मीन – बोलीले गर्दा तनाव हुनेछ । स्वास्थ्यमा अचानक बाधा एवम यात्रामा ढिलासुस्ती हुनेछ । साताको मध्यमा भने व्यापारमा फाइदा, साझेदारीमा लाभ एवम दाम्पत्य प्रेममा प्रगति हुनेछ । अचानक यात्रा हुने एवम पुराना कामहरु बन्नेछन् । विरोध गर्नेहरुले सहयोग देखाउनेछन् । स्वास्थ्यमा सुधार एवम राम्रो काममा खर्च भने बढ्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah