दमक/मोरगको उर्लाबारी नगरपालिका वडा नम्बर ३ मा पर्ने पुरानो शनिबारे बजारलाइ ब्यवस्थित गरिएको छ ।
वडा कार्यालयले ४ लाख बजेट बिनियोजन गरेर यसको स्तरउन्नती तथा टहरा बनाएको हो ।
गुन्द्रि बजारबाट स्तरउन्नती भएर बजार ब्यवस्थित बनेको हो ।
वडाध्यक्ष गन्जबाहादुर कार्की सहितको टोलीले बजार तथा यहाँ बनेका टहराहरुको अनुगमन गरेको वडासदस्य सोमप्रसाद (राम) तिम्सिनाले बताए ।
तिम्सिनाका अनुसार बजार ब्यवस्थित भएको छ ।











