काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले चुनाव नगर्नका लागि सरकारले मिति घोषणा गरेको दाबी गरेको छ । यदी चुनाव गराउने हो भने सर्वपक्षिय सरकार गठन गर्नुपर्ने बताएको छ ।

नयाँ शक्ति नेपालको विशेष राजनीतिक समितिको बुधवार बसेको बैठकले एक वर्षभित्र हुनुपर्ने तीन तहकै चुनावका लाथि आफू तयार रहेको बताएको छ । तर त्यसका लागि सर्वपक्षिय सरकार आवश्यक रहेको औंल्याएको छ ।

संविधानको सर्वस्वीकार्यताका लागि संशोधन र यसको कार्यान्वयनका लागि संविधानले तोकेको ०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न सर्वपक्षीय सरकार अनिवार्य भएको नयाँ शक्तिले जनाएको छ ।

बैठकपछि पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दलीय भागवण्डामा चुनावको घोषणा गर्न थालिएकाले यो सत्ता स्वार्थका लागि र चुनाव नगर्नका लागि घोषणा गरिएको चुनावका रुपमा यसलाई लिइएको छ ।’

नयाँ शक्ति नेपालले चुनावका लागि वार्तावरण बनाउन आग्रह गर्दै ६ शर्त अघि सारेको छ । उसले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न संविधान संशोधनलाई पहिलो शर्त बनाएको छ । साथै प्रदेशको सिमांकन विषय हल गर्दै स्थानीय तह पुनर्संरचनाको विवाद अन्त्यका साथै सर्वपक्षीय सरकार गठनलाई पनि नयाँ शक्तिले सर्तका रुपमा नै अघि सारेको छ ।

प्रत्यक्ष कार्यकारी राष्ट्रपति, चुनाव खर्च राज्यले व्यहोर्ने व्यवस्था हुनु पर्ने उसको अर्को माग छ । साथै नयाँ शक्ति नेपालले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न पनि माग गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah