आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल फागुन १४ गते,मंगलबार,इश्वी सन् २०१९ फेब्रुवरी २६ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३९ सिल्लागा,फाल्गुण कृष्णपक्ष,तिथि– सप्तमी, १०:१७ बजेउप्रान्त अष्टमी,नक्षत्र– अनुराधा, २७:५५ बजेउप्रान्त ज्येष्ठा,योग– व्याघात, १५:३६ बजेउप्रान्त हर्षण, करण– वव, १०:१७ बजेदेखि वालव, २२:१० बजेउप्रान्त कौलव,आनन्दादिमा वज्र योग,चन्द्रराशि– वृश्चिक,सूर्योदय– ६:३४ बजे, सूर्यास्त– १८:०१ बजे र दिनमान २८ घडी ३८ पला।व्रत/ अष्टमी व्रत,गोरखकाली पूजा।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल फागुन १५ गते,बुधबार,इश्वी सन् २०१९ फेब्रुवरी २७ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३९ सिल्लागा,फाल्गुण कृष्णपक्ष,तिथि– अष्टमी, १०:१० बजेउप्रान्त नवमी,नक्षत्र– ज्येष्ठा, २८:४७ बजेउप्रान्त मूल,योग– हर्षण, १४:३६ बजेउप्रान्त वज्र,करण– कौलव, १०:१० बजेदेखि तैतिल, २२:१८ बजेउप्रान्त गर,आनन्दादिमा ध्वांक्ष योग,चन्द्रराशि– वृश्चिक, २८:४७ बजेउप्रान्त धनु, सूर्योदय– ६:३३ बजे, सूर्यास्त– १८:०२ बजे र दिनमान २८ घडी ४२ पला।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,धनार्जन गर्न सकिनेछ भने आर्जित धनको संचय पनि गरिनेछ,आजको शुभ अंक ११ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,आर्थिक अबस्थामा सुधार आउनेछ,विशिष्ट नयाँ काम गर्ने मौका छ,निकै सफल देखिन्छ,आजको शुभ अंक ९ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
राजनीतिक तथा सामाजिक मान समान र प्रतिष्ठामा वृद्धि हुनेछ, अनुकूलको बन्न छ,लगानी सही ठाउँमा हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,आजको शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बैदेशिक सहयोग बढे संगै,मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,धार्मिक कार्यमा समय बित्नेछ,नोकरीमा पदोन्नती हुने समय छ,आजको शुभ अंक ८ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,दुख र चिन्ताबाट धेरै हदसम्म मुक्ति पाइनेछ,पढाई लेखाईमा प्रगति हुनेछ,फलदायी समय रहनेछ,आजको शुभ अंक ७ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आर्थिक हिसाबले समय बलबान रहनेछ,आर्थिक तथा पारिवारिक झैँ-झमेला आइलाग्ने सम्भाबना देखिएता पनि समय निकै फलदायी हुनेछ,आजको शुभ अंक ३ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सामाजिक यश र किर्तिमा वृद्धि हुनेछ,कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,सन्तान सुख बैदेशिक क्षेत्र संग सम्बन्धित ब्यबसाय फस्टाउनेछ,आजको शुभ अंक १० रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्त तथा साथि भाइ संग सहयोगको आदान प्रदान गरिनेछ, अंग भंग जस्ता ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आजको शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विवाद एवं चिन्ता बढ्न सक्छ,बोलीमा आउने खराबी र रिसको मात्रामा बढ़वा आउनाले आफन्त संगको सम्बन्धमा तिक्तता आउन सक्छ,आजको शुभ अंक ६ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
विश्वास जित्नै अघि बढ्न सकिने छ,पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,लगानी गर्नु पूर्व पूर्ण जानकारी लिएर गर्नु भएमा अझ बढी सफलता हाल लाग्नेछ,आजको शुभ अंक १२ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आयस्तर बढ्ने छ,बौद्धिक कार्यबाट हुने सफलता कायमै रहनेछ, काममा क्रमश सुधारको संकेत देखिनेछ,रोकिएका काममा सफलता हात लाग्नेछ,आजको शुभ अंक १ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)
मीठो खाने अवसर मिल्ने छ,सवारी साधनको प्रयोग गर्दा निकै चनाखो रहनु पर्ने देखिन्छ,धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ,राम्रो लगाउने आजको शुभ अंक ८ रहेको छ।



