काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले शहीदले देखाएको बाटोबाटै अघि बढने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।मंगलबार काठमाडौंमा जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले शहीदले देखाएको बाटोबाटै समाजवाद निर्माणको आधार तय गर्दै अघि बढने संकल्प पनि गर्नु भयो ।
‘शहीदको बलिदानीपूर्ण संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सफल भएको हो ।’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यसमेत रहनुभएका गृहमन्त्री थापाले भन्नुभयो, शहीदले देखाएको बाटोबाटै मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढ्नुपर्छ ।’ शहीदको सपना, त्याग र बलिदानबाटै मुलुकमा राजनीतिक तथा सांस्कृतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै गृहमन्त्री थापाले अव मुलुक समृद्धिको नयाँ युगमा प्रवेश गरेको पनि बताउनु भयो । उहाँले मुलुकको समृद्धिका लागि राष्ट्रिय एकतालाई झनै सुदृढ बनाउँदै अघि बढनुपर्नेमा पनि जोड दिनुभयो । गृहमन्त्री थापाले नेपालको सामाजिक तथा राजनीतिक परिवर्तनमा उत्पीडित समूदायले पु¥याएको योगदानको पनि खुलेर प्रशंशा गर्नु भयो । जनता समचार बाटशहीदले देखाएको बाटोबाटै अघि बढ्छौंः गृहमन्त्री थापा
सवाल नेपालसंवाददातामंगलबार, १३ फागुन २०७५

शहीदले देखाएको बाटोबाटै अघि बढ्छौंः गृहमन्त्री थापा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



