तेलमा तारेको र भुटेको खाना सकभर खानुहुँदैन । खाइहाले पनि त्यो हप्तामा एकपटकभन्दा बढी हुनुहुँदैन । - बढी मसलेदार, अमिलो फलफूल, चकलेट, टमाटर, अचार, चटनीजस्ता खानासँगको दूरी बढाउनुपर्छ । - अत्यधिक कफी, चिया र मदिरा सेवनबाट बच्नुपर्छ । यस्ता पदार्थले शरीरमा कार्बनडाइअक्साइड ग्यासको मात्रा बढाउँछ र पेटको समस्या निम्तिन्छ । - जंक र स्ट्रिट फुडलाई सकेसम्म बन्देज नै गर्नुपर्छ । - खानालाई राम्रोसँग चपाएर मात्र निल्नुपर्छ । - अत्यधिक धूम्रपानले पनि पाचन प्रक्रियामा असर पु-याउने गर्छ । - अत्यधिक अम्लीय पदार्थ भएका खानेकुरा बढी सेवन गर्दा पनि पेटको समस्या निम्तिन सक्छ । त्यसैले निबुवा, भोगटेजस्ता फलफूल कम खाने गरौँ ।
-नयाँ पत्रिकाबाट










