जनकपुर–धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा बस र ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

गएराती पूूर्व–पश्चिम राजमार्ग अन्तर्गत ढल्केवरमा ना ५ ख ४९६ नम्बरको मकालु बस र बिपरित दिशाबाट आइरहेको ना ६ ख ९४९६ नम्बरको ट्रक एक आपसमा ठोक्किएको प्रहरीदले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा परि बसमा सवार भारत विहार राज्यको मोतिहारी जिल्लाका २५ बर्षिय उदेश ठाकुर र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ बस्ने ४५ बर्षिय शिवकला देवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा अरु एक दजर्न भन्दा बढी यात्रु घाइते भएका छन् ।

घाइतेहरुको लालगढ मोडेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । रातो पाटि बाट साभार