काठमाडौ । हामी आफ्नो जीवन सुखमय बनाउनको लागी विभिन्न काम गरेर पेट पालिरहेका हुन्छौ । त्यसैले आफ्नो क्षमता अनुसार विभिन्न साना देखि लिएर ठुल ठुला अफिसियल कामहरु गर्ने गर्दछौ । तर यस बेलामा हामी काम र पैसामा मात्र ध्यान दिने भएकाले स्वास्थ्यमा खासै ध्यान दिदैनौ । जसले हाम्रो शरिरमा नकरात्मक असर परिरहेको हुन्छ । त्यसैले आज हामी अफिसमा वा कामकाज गर्दा गर्न नहुने कामको विषयका कुरा गदै छौ । हेर्नुस के के हुन् ?

-पहिलो कुरा अफिसमै गएर खाना खान्छु भनेर हिड्नु हुदैन् । किनभने अफिसको कामको चापले खाना खान विर्सिएर स्वास्थ्यमा नकरात्मक असर पर्दछ ।

-दोस्रोमा अफिसमा एकैचोटिमा धेरै काम गर्नुहुदैन् । किनभने छिट्टो र सबै मन पराउने भएपनि यो बानी स्वास्थ्यको लागी खतरनाक हो ।

-तेस्रोमा अफिसमा वा काम गरिरहेको समयमा अनुहारमा भुलेर पनि हातले छुनु हुदैन् । जसकारण छालामा संक्रमण हुन्छ ।

-चौथोमा अफिसमा काम गर्दा एउटै पोजिसनमा बसेर काम गर्नुहुदैन् । काम गर्दा उठेर हिड्ने , पोजिसन चेन्ज गरेर बस्नु पर्दछ । किनभने यस्तो बानीले शरिरमा जोर्नी दुख्ने जस्ता विभिन्न समस्याहरु निम्त्याउछ ।

-पाचौमा अफिसमा कामको चाप बढी हुदा कोही कोहीको चिया कफी धेरै पिउने बानी हुन्छ । यो पनि स्वास्थ्यको दृष्टिकोणले नराम्रो हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय