काठमाण्डु, १५ फागुन – बुधबार (आज) देशभर नै मौसम सामान्यदेखि पूर्ण बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले रातिदेखि उच्च पहाडी भूभागमा हिउँ र देशका केही भूभागमा पानी परिरहेको महाशाखाका मौसमविद्ले बताएका छन् ।
मौसमविद् गंगा नगरकोटीका अनुसार बुधबार देशभरको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना छैन । दिउँसो धेरै ठाउँमा पानी पर्ने उनको अनुमान छ ।
पश्चिमका केही ठाउँमा रातिदेखि मौसममा सुधार आए पनि मध्य र पूर्वको मौसम बिहीबार दिउँसोपछि मात्रै खुल्दै जाने संभावना रहेको उनले बताए ।
मौसमविदका अनुसार पश्चिमका केही ठाउँमा रातिदेखि मौसममा सुधार आए पनि मध्य र पूर्वको मौसम भने भोलि बिहीबारबाट मौसम खुल्ने सम्भावना छ । तर केही ठाउँमा हल्का वर्षाको सम्भावना भने छ ।










