दमक/न्यू संगम इन्टरप्राइजेज दमकले बजाजको नयाँ पल्सर १६० एन.एस एक कार्यक्रम गरेर सार्वजनिक गरेको छ । नेपालमा सर्वाधिक विक्रिहुने मोटरसाईकल ब्राण्ड वजाजले पल्सर १६० एन एस को नयाँमोडल दमकमा ल्याएको न्यू संगम इन्टरप्राइजेजका निर्देशक संगम शर्माले बताए । शर्माका अनुसार मोटरसाइकलको स्पोर्ट सेग्मेन्टमा एउटा पूर्णतः नयाँ आयाम थप्नको लागि पल्सर १६० एन एस को डिजाइन गरिएको छ र यो मोटरसाइकलले ग्राहकलाई नयाँ जोश र नयाँ अनुभुति प्रदान गर्नेछ । योे नयाँ पल्सरले मोटरसाइकलको प्रविधि र डिजाइनलाई त्यसरी नै पूनः परिभाषित गर्नेछ जसरी पहिलो पल्सरले सन् २००१ मा गरेको थियो । शमाले भने, “यसमा रहेको १६०.सि.सि. डिटियस आई इन्जिनले दिने १५.५ पिएस पावरले ग्राहकको दैनिक जिवनमा रोमाञ्चकयात्राको सुनिश्चितता प्रदान गर्दछ । यो अतुलनिय पावर र माइलेजको उत्कृष्ट समायोजनले यस सेग्मेन्टको वाईकहरु मध्येमा उत्कृष्ट हो । जसलाई समयको महत्व छ र जसले दैनिकजिवनमा धेरै यात्रागर्दछ ,उनीहरुका लागि नयाँ पल्सर १६० एन एस सच्चा सहयात्री हुनेछ । संगम इन्टरप्राइजेजका बिमल शर्माका अनुसार यसका बिशेषता यस्ताछन् –१६०सिसि डिटियस–आई इन्जिनःउत्कृष्ट १५.५ पिएस पावर र उत्कृष्ट माइलेजको लागि – नाइट्रोक्स सन्स्पेन्शनभएकोमोनो–शकःआरामदायी सवारीको सुनिश्चितताको लागि – हाइड्रोलिकडिस्क ब्रेकः सुरक्षित ब्रेकिङको लागि – डिजिटल मिटर ःआधुनिकएवं आकर्षक – वाइड ट्युबलेस टायरहरु ःअझ राम्रो रोडग्रीप र सुरक्षाको लागि – डिआर एल (लाइटिङ) ःइन्जिन स्टार्ट हुनासाथ पूरा प्रकाश दिन्छ – ओइल कुल्ड ःजुनसुकै अवस्थामापनिकुलिङ क्षमतामा सुधार ल्याउँछ ।