काठमाण्डु, १५ फागुन – ताप्लेजुङमा भएको हेलिकाेप्टर दुर्घटनामा ६ जनाको शव भटिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दिएको जानकारीअनुसार घटनास्थलमा ५ वटा शव भेटिएको हो ।
हेलिकप्टर दुर्घटनास्थल पुगेका प्रहरीको टोलीका सदस्य प्रहरी हवल्दार बेदकुमार अर्यालले ६ वटा शव जलेको अवस्थामा देखेको पुष्टी गरेका छन् । दुर्घटनास्थलमा चिन्नै नसकिने अवस्थामा ६ जनाको शव भेटिएको छ । पाथिभराबाट उडेको हेलिकप्टर पाथिभरा नजिकै तारेभिरमा दुघर्टना भएको हो ।
एएमआई अल्फा माइक इन्डिया कल साइनको दुघर्टनाग्रस्त हेलिकप्टरमा हेलिकप्टरमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित प्रधानमन्त्रीका सल्लाहकार युवराज दाहाल र यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पासहित ६ जना रहेको गृह मन्त्रालयका सचिव प्रेमकुमार राइले जानकारी दिए ।










