काठमाडौं, फागुन १५
ताप्लेजुङमा पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित सात जनाको मृत्यु हुनेगरी भएको हेलिकोप्टर दुर्घटनामा लापरवाही हुन सक्ने भन्दै सत्तारुढ दल नेकपाका नेता योगेश भट्टराईले गम्भीर प्रश्न उठाउनु भएको छ ।
अधिकारीको मृत्युमा निकै भावुक भन्दै फोटोसहित प्रतिक्रिया जनाउनु भएका नेता भट्टराईले दोस्रो पटक सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा राख्दै पाथिभरा उडान गर्दा हेलिकोप्टरमा ५ जना भन्दा बढी यात्रु नचढाउने गरेको जनाउनु भएको छ ।
‘भिआईपी उडानमा पाइलट सहित ५ जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेर मात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले । तर आज मौसम खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ,’ नेता भट्राईले लेख्नुभएको छ ।










