बिष्णुप्रसाद पोखरेल
दमक/सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गरे लगत्तै देखि प्रमुख राजनीतिक दलहरु चुनावी दौडमा लागेकाछन् । यसको प्रभाव झापाको दमकमा पनि परेको छ । स्थानीय निकायको निर्वाचन घोषणा भएपछि दमकमा मेयर र उपमेयर को बन्ला भनेर चर्चा शुरु भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष, झापा क्षेत्र नं. ७ का साँसद केपी शर्मा ओलीको गृह नगर भएकाले पनि यहाँको स्थानीय निकायको निर्वाचनलाई महत्वका साथ हेरिएको छ । यहाँ नेकपा एमाले नै ठूलो शक्ति भएकाले यहाँबाट को मेयरको उम्मेदवार बन्ला भन्ने चर्चा चुलिएको छ । मेयर र उपमेयरमा सम्भावित नामवलीहरुको बिषयमा चिया गफ तथा चर्चा शुरु भएका छन् ।
नेकपा एमालेबाट रोमनाथ ओलीको नाम सबैभन्दा बढि चर्चामा रहेको छ । जित हासिल गर्न सक्ने उम्मेदवारको रुपमा उनलाई चर्चा गरिन्छ । उनको सादकी जीबन र आजसम्म उनले आफ्नो स्वच्छ छबि कायम राखेकाले उनको नाम सबैभन्दा पहिला पार्टीमा तथा बाहिरबाट आएको हो । पूर्व मेयर समेत रहेका ओली साद जीबन राख्ने ब्याक्तिको रुपमा चिनिन्छ ।
एमाले भित्र अरुको नाम पनि चर्चामा रहेको छ । पूर्व मयेर इन्द्र बुढाथोकी अम्बिका खनाल, होमबाहादुर थापा, केन्द्र प्रशाइ, गणेश बस्नेत देखि लिएर इन्द्र भण्डारीसम्मको नाम चर्चामा रहेको छ । ओली उम्मेदवार नबनेको अवस्थामा मेयरको उम्मेदवार छान्न एमालेभित्र निक्कै कसरत हुने देखिन्छ । एमालेभित्र सर्वसम्मत नाम आएमा ओलीको नाम आउने सम्भावाना बढि रहेको श्रोतको भनाइ छ ।
यता नेपाली काँग्रेसभित्र पनि मेयरको उम्मेदवारको बिषयमा चर्चा शुरु भएको छ । मेयरको उम्मेदवारमा शेरबहादुर भट्टराइ, क्षेत्रिय अध्यक्ष ढुण्डिराज भण्डारी, युवा नेता भूमिराज राइ, देबीप्रसाद दाहाल, रोशन बिष्ट, रेगिना भट्टराइ, राजन ढुंगाना, प्रकाश बुढाथोकी, दीलबहादुर बुढाथोकी, पर्शुराम रिजाल देखि लिएर प्रकाश प्रशाइसम्मको नाम चर्चामा रहेको छ ।
यता माओबादी केन्द्रमा गगन पुरी र श्रीकान्तको नाम चर्चामा रहेको छ । पुरी मेयरको दर्बिलो उम्मेदवार बन्ने सम्भावाना प्रवल छ भने श्रीकान्त पनि आफूलाई अगाडि सार्नेमा छलफल र बहसमा रहेकाछन् । शंकर बस्नेतको नाम पनि माओबादीभित्र चर्चा हुनसक्ने नामको रुपमा लिइन्छ । पार्टीमा महिला नेतृहरुको खडेरी हुन सक्ने भएकाले माओबादीको तर्फबाट भूमिका कोइरालाहरु पनि लिस्टमा पर्न सक्ने देखिन्छ ।

राप्रपाबाट चुनौती दिदै थापा
सर्वाधिक रुपमा मेयरको उम्मेदवारको रुपमा राप्रपाबाट राम थापा अघि सर्नेछन् । उनको बिकल्पको बिषयमा उनको पार्टीमा छलफल हुनेछैन । सभाषद उठ्दा देखि लिएरमात्र नभएर बर्षौदेखि उनि आफू मेयरको उम्मेदवारको रुपमा जताततै आफूलाइ प्रस्तुत गर्दै हिडेकाछन् । लखनपुरलाइ दमकमा मिलाउन नदिनका लागि पनि उनले भूमिका खेलेका थिए । आफू दमकमा दर्बिलो रहेको उनको बिश्लेषण रहेको छ । पूर्व मेयर समेत रहेका थापा ठूला तीन राजनीतिक पार्टीका लागि चुनौती बन्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah