आलोक यादव , सिरहा,फाल्गुन १५ गते । स्थानीय तहको निर्वाचन भएको झण्डै दुई बर्ष पुगिसक्यो गाउँ गाउँमा सिंहदरबारको आश्वासन दिएर चुनावमा उत्रिएका राजनीतिक पार्टी हरुले आशा बाहेक अरु केही देखाउन सकेका छैनन् ।

चुनावको मुखैमा गाउँ मै सिंहदरबारको उपमा दिएका नेताहरु अहिले कसैले आफ्ना छोराछोरी बिदेश पढाउदैछ्न त कोहि बिदेश भ्रमण जान र संसद भवनमा कुर्सी तान्नमै ब्यस्त देखिन्छन् ।

पाँच बर्षको लागि निर्बाचित भएका जनप्रतिनिधिले जनतालाई सेवा सुबिधाको प्रवाह नगरी आफुले चुनावमा खर्चिएको पैसा असुल्न तिर लागेका छ्न। गरिव जनता लाई बिकास संगै पैसाको आस देखाएर मत खरिद गरेका प्रतिनिधिहरु बिदेश का तारे होटेलमा मस्त दिन कटाईरहेका छन् । जनताले पुर्ण रुपमा आस गरेको दुई तिहाईको सरकार अहिले काम चलाउ शैलीमा अगाडि बढेको छ ।

चुनावको बेला दिएको गाउँ गाउँमा सिहंदरबार अहिले दरबारमै सिहं हराउदै छ।देशको स्थिति बारे बहस गर्ने स्थानमा लडाइ हुन्छ यो सम्म ठूलो सिहंदरबार अरु के हुनसक्छ ? गाउँमा घटेको घटना बाहिर आउदैन एउटा केन्द्रमा भएको सिहंदरबार भ्रस्टाचार अहिले गाउँमा पनि फैलीसकेको छ। स्थानीय सरकारले गाउँमै लुटतन्त्र फैलाएपछी संघियताप्रती नै जनताहरु निराश बनेका छ्न।

भखरै चर्चामा आएको वाइडबडी प्रकरण पनि सिह दरबार मै हरायो यस्तै कयौं काण्ड सुन तस्करी ,बलात्कार जस्ता कर्तुत कार्य पनि गाउँ गाउँमा आएको सिंहदरबारको उपहार हुन पुगेका छ्न । दुईतिहाई को सरकार हुदा पनि सिन्को नभाचेका हाम्रा प्रधानमन्त्री लाई नेता कार्यकर्ता हसाउनै मा दिनहरु कट्छ्न। प्रधानमन्त्री जस्तो पदमा बसेपछि गम्भीरता पुर्बक देश र जनताको लागी सोच्नु पर्ने तर दिनहुँ कस्तो खालको उखान टुक्का रच्ने भन्ने कुरामा टाउको दुखाउछ्न। जसले संसद भवन निद्रा हटाएर हासो फैलियोस । प्रतिपक्षी बसेको पार्टी पनि मुखमा पट्टी बाधेर बस्छन। अहिले सडकमा उफ्रिने काङ्ग्रेस जहाज प्रकरण मा चुपचाप बस्दा जनता लाई पनि भ्रम सृजना भएको छ।

देउवाको नाम आएपछि बिस्तारै कुरो सेलाउदै गयो यस्तो परिपाटीले देश लाई बिकास तिर कसरी लैजान्छ? अनि कसरी बन्छ समृद्ध नेपाल ? नेपालको राजनीतिक विकासक्रमलाई यस्तो प्रवृत्तिले कुनै पनि हालतमा सहयोग पुग्दैन । त्यसैले नेपालको राजनीतिक स्थायित्वप्रति आशावादी हुने ठाउँ कतै पनि देखिएको छैन ।

दलिय प्रणाली नै धरापमा परेपछि राजनीति प्रती को महत्वाकांक्षी पनि कम हुँदै जादो रहेछ। सामान्य कुरा चुनावमा उठेका स्थानीय प्रतिनिधिहरु वडा अध्यक्ष ,मेयर ,उप-मेयर हरुले कम्तीमा पनि करोड को खर्च गरेर चुनाव जितेका छ्न । अहिले सोही पैसा उठाउनलाई गाउँपालिका,नगरपालिकाहरु मा लुटतन्त्र मच्चीदै भ्रष्टाचारले सिमा नाघीसक्यो? स्थानीय तहमा संविधानले दिएको अधिकार के हो ? कर्तव्य के हो ? मतलब छैन ? हाकिमहरु आफ्नै मनपरी मौलिकतामा निर्णय गर्ने गर्छन। कार्यालय मा सहयोगी देखि उच्च अधिकारी सम्म आफ्नै आसेपासे लाई जागीर दिएर क्षमता भएका ब्यक्ति खाडीतिर होमिन बिबश छ्न हाम्रो समाजमा।

देश संघीयतामा गएपछि बनेको नयाँ संविधान बाट लाखौं युवाले रोजगारको अपेक्षा गरेका थिए तर त्यो सपनामै सिमित भयो बदलामा बलात्कार ,हत्याहिंसा ले झन युवाहरूलाई नराम्रो छाप बसाल्न पुग्यो । जनप्रतिनिधिहरु बाट बिकास निर्माण र प्रगति विवरण भन्दा बढी त भ्रष्टाचार ,अनियमितता र गलत कामहरूको चर्चा भैरहेको छ! झन्डै २० बर्ष पछि बनेको स्थानीय सरकार र पहिले को स्थानीय तह मा आकासपत्ताल को फरक छ।उबेलमा कमै भ्रष्टाचार हुन्थ्यो अहिले त चारगुना बढेको छ हामी साधारण नागरिक लाई यो भन्दा बढी प्रगति के नै चाहियो र? स्थानीय तहका प्रतिनिधिहरु सडक ,पुल निर्माण का लागि ल्याएको सिमेन्ट चोर्ने मात्रै कहाँ होर भुकम्प पीडित को लागी आएको एक सर्को पाल पनि छोड्दैनन।

सुकुम्बासी लाई लालपुर्जा दिलाउने कुरा पनि छेपाराको श्लोक मै सिमित भयो। बरु लाल पुर्जा दिलाउने प्रलोभन मा उल्टै ती गरिबको पसिना चुसे । आस लाग्दा युवा जनप्रतिनिधि नै भ्रष्टाचारमा मुछिन्छ्न अरबौ पचाएर लाज नपचाएका हाम्रा जनप्रतिनिधि बाट हामिले के सिक्ने बढो दु:खको कुरा हो। बजेट अनुसारको डोजर गाउँमा हाल्न नपाउने भनी नीति ल्याउछ्न तर नगरका मेयर सङ आफ्नै निजि डोजर हुन्छ्न।आफ्नो सो -इच्छा अनुसार मनपरि ज्याला मा गाउँका सोझा जनता लाई लुट्छ्न,भ्रष्टाचारीले पुर्ब देखि पश्चिम् सम्म जरो गाढी सक्दा पनि सरकार अझै मौन बस्छ।भासण मा भन्छ भ्रष्टाचारीको मुख हेर्दिन तर चार – चार महिना देखि फुल एचडि Quality मा ७८ लाख भ्रष्टाचारको भिडियो हेर्दै बालुवाटार मा बस्छ्न।उसो त नयाँ संविधान बाटै वर्ग, वर्ण, जात, जाति, लिंग, क्षेत्र, धर्मको समस्या समाधान गर्न थालिएको भ्रामक व्याख्या भइरहेको छ। यस्ता समस्या उठाइएमा सामाजिक सद्भाव भड्किने तथा देशको एकता, अखण्डता र सार्वभौमिकतामा आँच आउने राष्ट्रवादी विश्लेषणको कुनै अभाव छँदै छैन।

अब आर्थिक समृद्धिका साथ समाजवादमा जाने हो भने सबै समस्या छुमन्तर हुने सपनाको व्यापार निकै फस्टाउने अवस्था देखिएको छ। यस्तो अबौद्धिक सस्कारमा कसरी आउँछ? गाउँ गाउँमा सिहदरबार अनि कसरी आउँछ ? देशमा रोजगार र समृद्धि ? चुनावको बेला जनतालाई भ्रम मा पारी आफ्नो दुनो सिधापार्न खटिएका जनप्रतिनिधि लाई बेलैमा रोकिएन भने अझै समस्या पैदा हुन्छ।जनताबिरोधी कामहरू गरेर आफुलाइ सच्चा ठान्नेहरु लाई जति सक्दो बाटो बाट हटाउनु पर्छ। जनता सचेत भए ,देशको खस्किदो राजनीति पनि सुधार मा आउँछ। देशको राजनीतिमा सुधार आए हामी लाई पनि रोजगारको बाटो खुल्छ। अझैपनी त्यही झुटो आश्वासन मा बसेर आफुलाइ बर्बादिको बाटो तिर नधकेलौ आफ्नो गन्तव्य आफै चुनौ र पहिले म सुध्रिन्छु, तपाई सुध्रिनुहोस अनि हामी सुध्रिउ र सिङ्गो देश सुध्रिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय