गुमाउनेले आफन्त गुमाए, परिवारमा ठुलो बज्रपात पर्यो, कम्तिमा बर्षदिन शोकमग्न भए, पारिवारिक बियोग त्यस्तै,

राज्यलाई सार्वजनिक बिदा मनाउनै हतार भयो,
नीति र थिती बिचको तारताम्य कसैले खोजेनन् या अझ भनौं खोज्न आवस्यक मानेनन् ,
क्षणिक कर्मकाण्डिका लागि उच्चस्तरीय नामको एउटा समिती गठन हुन्छ ,त्यसले केही दिनमा एउटा प्रतिवेदन पेश पनि गर्ला जसमा रेडिमेट जवाफ आउनेछ ‘चालकदलको गलत कदम, मौशमको प्रतिकुलता यस्तै यस्तै उल्लेखित गरिनेमा दुईमत छैन, तर न कसैले व्यावसायिक उडान भर्ने जिम्मा लिएको सम्बन्धित विमान कम्पनी संङ्ग नियमित प्रोटोकल पालना सम्बन्धि स्पष्टीकरण लिने साहस राख्छन् न त्यो गर्न आवस्यक ठान्छन् , बस् कर्मकाडिमै सबथोक सकिनेमा दुई मत छैन ।
बिस्तारै समय पाको हुँदै जान्छ, न प्रतिवेदनमा दोष थुपारिएका देहान्त पाईलट या सहचालक दलका सदस्य छानबिन समितिको प्रतिबेदन उपर सफाया दिन कहिल्यै फर्किनेछन् न तिनका साक्षिका रुपमा सङ्गै यात्रा गरिरहेका देहान्त यात्रुहरु मध्ये कोहि गवाहका लागि स्वर्गबाट ओर्लेर बताउन आउने छन् कि खासमा भएको यस्तै थियो भन्नलाई !

थितीमै बेथिती थुपारिएपछी यो सब चाहेर-नचाहेर सबैले स्विकारेको भान गर्नेछन् , केही समयका लागि कागजी नियम तयार पारिन्छ तरपनी त्यसको वास्ता कसैले गर्ने छैनन्, यदि त्यसो नहुँदोहो त यसरी बारम्बार नागरिकले ज्यान गुमाउनुपर्ने अकल्पनीय परिस्थिति निम्तिने पक्कै थिएन ।
अधिकांश जहाज कम्पनीले कतिपय सरकरी नियम नै मान्दैनन्, व्यावसायिक उडानका नाममा सरकार मौनतामा विलय हुन्छ जुन कहिँकतै प्रत्यक्ष/ परोक्ष सरकारको संलग्नता बिना असम्भव प्रायः हुन्छ ।

हामी सङ्ग त्यस्ता कति वटा विमान कम्पनी छन् जस्ले व्यावसायिक उडान स्वच्छ प्रतिस्पर्धाका आधारमा गरेका छन ?
उडानमा व्यावसायिकताका नाममा अधिकतम नाफा मात्रै रोज्ने गैह्र प्रवृत्तिकै कारण नेपाल सरकारको स्वामित्व रहेको नेपाल वायुसेवा निगमका जहाज यात्रु नपाएर रित्तै फर्किएको , बिमानस्थल भित्रै थन्किएको भनेर बेलाबखत खबर हरु आईरहन्छन् सोही अनुपातमा निजि विमान कम्पनिहरुको व्यापार निरन्तर नाफा उन्मुख मात्रै होईन कतिपय निजि उडान कम्पनिले रुट परमिटमा सिण्डिकेटको प्रयास समेत गरिरहेको पाइएको छ।

सरकार आफ्ना नागरिकले अल्पकालमै मृत्युवरण गरेकोमा संवेदन कहिल्यै भएन। के सार्वजनिक बिदा दिँदैमा विगत दोहोरिने छैन भन्नेमा सरकार बिस्वस्त छ ? या तत्काल नागरिकलाई आश्वस्त पार्ने चलाखि हो ?
यो सरासर सरकारको अपरिपक्व निर्णय हो , औपचारिकतामा बाहेक सरकारका यस्ता कदमले कुनै हालतमा कहिं कतै सार्थकता पाईहाले त्यो परिस्थिति माथिको संयोग हुनेछ।
कम्तिमा यो सरकारले यस अघिका विमान दुर्घटका प्रतिवेदन पुन: अध्यन गरोस्, सहि कारण पत्ता लगाओस् र एउटा थिति बसाल्ने संकल्प प्रस्तुत गरोस् जसले गर्दा आफ्ना नागरिकको अकल्पनीय मृत्युुको घडिमा शोक अंकित दुई शब्द छाप्ने कर्मकाण्डि प्रवृत्तिको पुनरावृत्तिको अन्त्य भै आम नागरिकको जीवन सुरक्षाको कडि बनोस् !

अन्त्यमा माघ १ गते पोखरा विमान स्थलमा अवतरण अगावै भएको दुर्घटनामा परि यति एयरको 9N-ANC कोड अंकित ATR 72 बिमानमा सवार सम्पुर्ण मृतक प्रती हार्दिक श्रद्धाञ्जली, परिवारजनमा गहिरो समवेदना ।

लेखक:- केबि महरा
(समसामयिक लेखक/ रिपोर्टर, सवाल नेपाल )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय