काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली, उनकी धर्मपत्नी राधिका शाक्य, मन्त्री तथा नेताहरु ताप्लेजुङ्ग हेलिकप्टर दुर्घट्नामा ज्यान गुमाएका परिवारजनलाई समवेदना दिन बुधबार राति उनीहरुको निवासमा पुगेका थिए ।

मन्त्री अधिकारीको नेतृत्वमा पर्यटन व्यवसायी यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे, हेलिकप्टर चालक प्रभाकर केसीसमेतको टोली तेह्रथुमको चुहानडाँडालगायत पूर्वाञ्चल क्षेत्रमा विमानस्थलको सम्भाव्यता अध्ययन एवं स्थलगत निरीक्षणका लागि त्यसतर्फ गएकामा उहाँहरु सवार एयर डायनेष्टीको हेलिकप्टर अपराह्न दुर्घटनामा परेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी बिहीवार बिहान दिवंगत पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बुबा, आमा र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेट गरे भने पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई भेटेर समवेदना दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

नेकपा अध्यक्ष प्रचण्डले अधिकारी परिवारका सदस्यहरुलाई भेटेर शोकलाई सहनुको विकल्प नभएको र धैर्यधारण गर्न भने ।

मन्त्री अधिकारीको मृत्य भएपछि पोखरबाट काठमाण्डु ल्याइएका बाबु अझै अर्धचेत अवस्थामा रहेका छन् । बुधबार अपरान्ह ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।