काठमाडौं, फागुन १६

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सातै जनाको शव काठमाडौ ल्याइएको छ । केहीबेर अघि नेपाली सेनाको हेलिकोप्टरले पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शव लिएर आएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुकेटार विमानस्थलमा मौषम सुधार भएपछि शवहरु मध्यान्ह १२ बजेतिर राजधानी पठाइएको थियो । हिमपातका कारण बुधबार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेका पर्यटनमन्त्री अधिकारीसहितको शव काठमाडौँ लैजान समस्या भएको थियो ।

१२ बजे लगत्तै मौषममा सुधार आएपछि अहिले सातै जनाको शव लिएर नेपाली सेनाको हेलिकोप्टर विमानस्थलबाट राजधानीका लागि उडेको थियो ।

https://www.facebook.com/sawalnepaldigital/videos/404884863668766/