काठमाडौं -हेलिकप्टर दुर्घटनाका मृतकहरूलाई श्रद्धाञ्जलि दिनका लागि टुँडिखेलमा आज हुने भनिएको श्रद्धाञ्जलि सभा शुक्रवार मात्र हुने भएको छ ।

बुधवार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई श्रद्धाञ्जलि दिन टुँडिखेलमा विशेष तयारी भएपनि पोस्टमार्टमका लागि समय लागेपछि भोलिका लागि सारिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

श्रद्धाञ्जलि सभा शुक्रवार बिहान ८ देखि ११ बजेको बीचमा टुँडिखेलमा हुने नेपाका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जनाएका छन् ।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले पनि श्रद्धाञ्जलि सभा भोलि हुने तय भएको सन्देश ट्वीटरमा लेखेका छन् । लोकान्तर बाट साभार