काठमाडौं । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको टुँडिखेलमा हुने भनिएकाे श्रद्धाञ्जलि सभा भोलि बिहान ८ बजे राखिने भएको छ ।
अहिले शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम भइरहेको छ । तर शव पहिचानमा समस्या देखिएपछि पोष्टमार्टम गर्न थप समय लाग्ने अस्पताल स्रोतले जनाएको छ । पोष्टमार्टम आज पूरा नहुने भएपछि आज तोकिएको श्रद्धाञ्जलि सभा शुक्रबार बिहान सारिएको हो ।










