पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे १ स्थित पथरी बजारको सडकमा टाउकोमा चोक लागेको अवस्थामा एक युवा मृत फेला परेका छन् ।

पथरीशनिश्चरे ७ निवासी २६ वर्षीय चर्णराज गुरुङ टाउकोमा चोट लागेको र मुखबाट रगत आइ मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । मादक पदार्थको गन्ध सहित गोरर्खा डिपार्टमेन्ट पश्चिम दक्षिणको र सडकमा घोप्टो परेको अवस्थामा विहीवार राती साढे ११ बजे शव फेला परेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हत्या गरेको हुनसक्ने भएपनि सो घटनाका बारेमा यकिन भइनसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमका लागि उर्लावारीस्थित मंगलवारे अस्पताल लगिएको छ ।