काठमाण्डु, १७ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सस्कृती पर्यटन तथा नागरिक यड्यन मन्त्री रवीन्द्र अधिकारीले सन्तुलनको राजनीति गरेको बताएका छन् ।
बिकास निर्माण र पार्टी सुद्धिकरणको अभियानमा अधिकारीले पुर्याएको योगदान निक्कै अबिश्मरणीय रहेको भन्दै युवा पुस्तामा अधिकारीले देखाएको आशा मर्न नदिने प्रतिबद्धता ब्यक्त गरे ।
नेता भट्टराईले मन्त्रालयको जिम्मेबारी अधिकारीले निक्कै कुशलतापुर्बक रुपमा निर्बाह गरेर, आफ्नो क्षमता प्रस्तुत गरेको उल्लेख गरे । पार्टीले लय गुमाउदा पनि निडर र धैर्यतापूर्बक पार्टी नेतृत्वलाई ट्रयाकमा ल्याउन उनले नेतृत्वदायी भुमिका खेलेको भट्टराईको भनाई थियो ।
अधिकारीको अभाव पार्टीमा सधै खड्किने भन्दै उनले राष्ट्रले जुझारु युवा नेता गुमाएको उल्लेख गरे ।










