अब फेसबूकमा रवीन्द्र अधिकारीको प्रोफाइल खोल्दा, रिमेम्बरिङ रवीन्द्र अधिकारी..देखाउन थालेको छ ।
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई फेसबूकले पनि बिदाइ गरेको छ ।

अधिकारीको फेसबूक अकाउन्ट मेमोरिलाइज्ड अकाउन्टमा परिणत भएको छ । उनको फेसबुक एकाउटमा उनका फेसबुक फ्रेन्डहरुले अलबिदा रविन्द्र, श्रद्धाञ्जली रविन्द्र लगायतका स्टाटस पोष्ट गरेका छन् । बुधबार हेलिकप्टर दुर्घटनामा परी मन्त्रि अधिकार लगायत सातै जनाको मृत्यु भएको हो ।










