१७ फागुन,
मोरङ्गको पथरीमा एक व्यापारीक भवनबाट खसेर १ युवाको रहस्यमय मृत्यु भएको छ । पथरीशनिश्चरे ७ बस्ने अन्दाजी २७ बर्षिय षडराज तामाङ्गको बिहिवार राती अन्दाजी १०.३० बजेको समयमा सो भवनबाट खसेर ज्यान गएको हो। सोही भवनमा रहेको सिक्का लञ्ज एन्ड बारमा साथीहरु सग आएका तामाङ्गको भवनको चौथो तलाबाट खसेर मृत्यु भएको हो।
घटना लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यलय पथरीको टोलिले मादक पदार्थ सेवन गरेर भुइमा खसेको अवस्थामा शब भेटेको जनाएको छ। प्रहरीले सँगै बार आएका तामाङ्गका चार जना साथीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। बारमा घटना अघि दमकका ग्राहक र मृतक तामाङ्गको पक्ष बिच सामान्य विवाद भएको र बार संचालक बिच समेत सामान्य विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इप्रका पथरीका प्रहरी निरीक्षक कमल बजगाँईले बताए । तर तामाङ्गको कारण भने पुर्ण अनुसन्धान पश्चात् मात्र पत्ता लाग्ने प्रहरि निरीक्षक बजगाँइले बताए।।
यता बार संचालक र अन्य ग्राहकलाई नियन्त्रणमा नलिएर पिडित पक्षलाई मात्र नियन्त्रणमा लिएको भन्दै स्थानियबासी आक्रोशित बनेका छन। आक्रोशित स्थानियले सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुनी कार्वाहीको माग समेत गरेका छन ।










