१३ फागुन–नेपालको बिखण्डनको योजना बनाउन गत पुस १९ गते  भारतको पटनामा बिखण्डनकारीहरुको बैठक बसेको खवर केही समयअघि आयो । त्यस्तो सूचना प्राप्त गरेपछि जिम्मेवारीपूर्वक देशका प्रधानमन्त्री र राष्ट्रपतिकै सामु एमाले उपाध्यक्ष भीम रावलले जिज्ञासा राखे । प्रधानमन्त्री पुष्पकमल दाहालले त्यस सूचनाका विषयमा सुरक्षा निकायसँग बुझ्ने भन्दा पनि पटना बैठकमा सहभागि एउटा पक्ष मधेसी मोर्चाका नेताहरुलाई चुकली लगाए र आफू निकटका सञ्चार मार्फत खण्डन गराए– शितलनिवासबाट आएको हल्ला वालुवाटार पुग्दा फासफुस ।

त्यति मात्रैमा विषय समिति भएन बिखण्डनकारीलाई खवर्दारी गर्नु पर्ने सरकारले बिखण्डनकारी बैठकमा सहभागि भएको एक पक्षलाई उचालेपछि बरु मधेसी मोर्चाको बैठक बसेर एमाले उपाध्यक्ष भीम रावललाई कारवाही गर्न माग गरे । तर रावलले आफ्नो देशको सरकारप्रमुखसँग राष्ट्रिय सुरक्षासँग गाँसिएको यति संवेदनशील विषयमा जानकारी माग्नुलाई फासफुस भनी नकारात्मक टिप्पणी गर्ने पक्षहरुले पछि उल्टै एमाले अध्यक्ष केपी ओलीले सीके राउतको गतिविधिप्रति नबोलेको कथा लेखे ।

पटना भेलाप्रति नेपालको सुरक्षा निकाय खासगरी सेनाले आफ्नै तहबाट अध्ययन गर्दै आएको त्यसयताको सैनिक नेतृत्वको ब्यवहारबाट पुष्टि हुन्छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले माघ ३ गते पूर्वप्रधानसेनापतिहरुसँग सामुहिक भेट गरी सुरक्षा चुनौतीबारे परामर्श लिए । त्यस लगत्तै नेपाली सेनाद्वारा शिवपुरीमा आयोजित कार्यक्रममा प्रधानसेनापति क्षत्रीले राष्ट्रिय सुरक्षामाथि चुनौती थपिएकाले देशको रक्षाका लागि लड्न तयारी अवस्थामा रहनु परेको वताएका थिए ।

नेपाली सेना तयारी हालतमा 
बिहीवर नेपाली सेना दिवसको अघिल्लो दिन नेपाली सेनाले विखण्डनवादी र हतियार उठाउने धम्की दिँदै आएका समूहको अवाञ्छनीय गतिविधिलाई निस्तेज गर्न ‘तयारी हालतमा रहेको’ स्पष्ट पारेको छ । सेना दिवसका अवसरमा मुलुकको पछिल्लो राजनीतिक र सुरक्षा अवस्थाबारे विश्लेषण गर्दै सेनाले विखण्डनवादी र साम्प्रदायिक शक्तिलाई निस्तेज गर्न तयारी अवस्थामा रहेको जनाएको हो ।

जंगी अड्डामा बिहीबार आयोजित विशेष समारोहमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले मुलुकलाई विखण्डन गर्ने र हतियार उठाएर सामाजिक सद्भाव एवं सहिष्णुता तहसनहस पार्ने उद्देश्यले भइरहेका गतिविधि सामना गर्न नेपाली सेना तयारी अवस्थामा रहेको बताए । विखण्डनवादी र हतियार उठाउन धम्की दिने समूहको नाम नलिइकनै प्रधानसेनापति क्षेत्रीले त्यस्ता अवाञ्छित गतिविधि निस्तेज गर्न सरकारको निर्देशन र संविधानले दिएको अधिकार पर्याप्त हुने जनाएका छन् ।

प्रधानसेनापति क्षेत्रीको भनाइ उद्धृत गर्दै जंगी अड्डा भन्छ, ‘पुर्खाको रगत–पसिनाले जोगाएको इतिहासलाई खण्डित तुल्याउने कुनै पनि अवाञ्छनीय गतिविधिलाई निस्तेज गर्न नेपाली सेना हरमहेसा तयारी हालतमा छ ।’ प्रधानसेनापति क्षेत्रीले राष्ट्रिय हितविरुद्ध उत्पन्न हुनसक्ने आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको सामना गर्न सेना सक्षम रहेको बताएका छन् । नेपालको संविधान र नेपाल सरकारद्वारा दिइने सबै जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने उनले उल्लेख गरे ।

प्रधानसेनापतिले सैनिक कूटनीतिलाई बलियो बनाउन मित्रराष्ट्रहरूसँग विभिन्न तालिम र अभ्यास भइरहेको र छिट्टै बंगलादेश र चीनसँग पनि संयुक्त अभ्यासको तयारी भइरहेको बताएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah