काठमाडौं – आज देशभरको मौसम पश्चिमी वायुको प्रभावले बदली रहने छ ।मौसमविद्ले जनाए अनुसार आज र भोलि केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । अहिले पश्चिमबाट मध्यतिर सरिरहेको वायुको प्रभावले पश्चिम र मध्य क्षेत्रको मौसम बदली भएको मौसमविद्ले जनाएका छन् । त्यस्तै अहिले सफा रहेको पूर्वको मौसम पनि दिउँसोपछि बदली भई केही ठाउँमा पानी पर्ने पर्सि भने मौसम खुल्ने सम्भावना रहेको छ । पर्सि भने मौसम खुल्ने सम्भावना रहेको छ ।
यसैबीच उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात भएपछि देशभरि नै चिसो बढेको छ । अझै केही दिन चिसो हावा चल्ने भएकाले तापक्रम तत्काल नबढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।










