दमक, १८ फागुन ९रासस० ः झापा, गौरादहको सामाजिक कार्यमा महत्वपूर्ण योगदान पु¥याउनुभएका स्वर्गीय नरबहादुर बस्नेतको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको छ । आधुनिक गौरादहका परिकल्पनाकार स्व डिठ्ठा बस्नेतको आज १०१ औँ स्मृति दिवसको अवसर पारेर प्रतिष्ठान उद्घाटन गरिएको हो ।

सामाजिक क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले स्थापना गरिएको सो प्रतिष्ठानको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले आज उद्घाटन गर्नुभयो । उहाँले गौरादहको विकासका लागि स्व बस्नेतको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै यसमा प्रदेश सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा जेष्ठ नागरिक तथा समाजमा विभिन्न सामाजिक काममा सक्रिय पाँच जना अगुवालाई सम्मानसमेत गरिएको थियो ।

यसैबीच, मन्त्री कार्कीले आजै दमक–८ मा स्थापना भएको एभरेष्ट सपिङ सेन्टरको उद्घाटन गर्दै नगरको व्यावसायिक विकासमा यस्ता उद्योग, प्रतिष्ठानले सहयोग पु¥याउने उल्लेख गर्नुभयो । दमकका युवा व्यवसायी रोहित आचार्यले आफ्नो निजी लगानीमा पाँचतले सुविधा सम्पन्न सपिङ सेन्टर सञ्चालनमा ल्याउनुभएको हो ।

फोटो : दिलिप भण्डारीको फेसबुक बाट