दमक/पदाधिकारीहरुलाइ जिम्मेवारी तथा दायित्व बोध गराउने उदेश्यले दमक जेसिसले आसपासका जेसिजहरुलाइ समेटेर पहिलो पटक मल्टिच्याप्टर विशेष तालिम एवं कार्यशाला सम्पन्न गरेको छ ।

दमक, उर्लाबारी, कमलनगर, गौरादह र शिवसतासी जेसिसका पदाधिकारीहरु तालिम एवं कार्यशालामा सहभागि भएको दमक जेसिजका महासचिव सुयोग खरेलले बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसमा ५० भन्दा बढिको सहभागिता रहेको पनि उनले जानकारी दिए । समाजमा प्रस्तुत हुने तथा आफ्नो कार्यशैली परिवर्तन, जिम्मेवारी बोध लगायतका बिषयमा यस सम्बन्धिका बिज्ञ प्रशिक्षक राजाबाबु शाहले सहजीकरण गरेका थिए ।