दमक/झापा दमकका लोकप्रीय युवा ब्यवसायि कबिन श्रेष्ठ सहितले थाइल्याण्ड जाने अवसर प्राप्त गरेकाछन् । माइक्रोम्याक्स कम्पनीको मोवाइल राम्रो बिक्रि गरेबापत उनले यो अवसर पाएका हुन् । दमकबाट खुद्रा बिक्रेतामा उनि मात्र यस अवसर पाउने युवा हुन् । आइतवार उनि थाइल्याण्ड जानेछन् । करिब एकसाता सम्म उनको यात्रा रहनेछ ।
दमक ११ स्थित न्यू एशियन क्यासेट तथा मोवाईल सेन्टरका प्रोपाइटर श्रेष्ठले त्यहाँ ब्यवसायिक भेला र बिभिन्न कम्पनीहरुको भ्रमण हुने बताए । जून २०६२ सालदेखि उनि यहाँ बिभिन्न ब्राण्डका मोवाइल बिक्रि गर्दै आएकाछन् । दमकको मूख्य गणतन्त्र चौकदेखि उत्तर खनाल मार्केटमा पहिला भिसिआर हुदै सिडि बिक्री गर्दै आएका श्रेष्ठ हाल दमकमा राम्रो सफल ब्यवसायीको रुपमा चिनिन थालेकाछन् ।
उनको पसल सानो देखिएपनि नयाँ मोवाईल तथा बिभिन्न मोवाईलसंग सम्बन्धित सामाग्रिहरु नभएको कमै मात्र हुने गरेको छ । कुनै समय विवाह, ब्रतबन्ध लगायतका शुभकार्यको भिडियो सुटिङ गर्ने कविन अहिले दमकमा युवाहरुमाझ लोकप्रीय ब्यापारीको रुपमा स्थापित बन्दै गएकाछन् ।
दमकका युवा ब्यवसायि कबिन श्रेष्ठले पाए थाइल्याण्ड जाने अवसर
सवाल नेपालसंवाददाताशुक्रबार, ११ फागुन २०७३

दमकका युवा ब्यवसायि कबिन श्रेष्ठले पाए थाइल्याण्ड जाने अवसर
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



