काठमाडौं– पूर्वउपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मानकासाथ अन्त्यष्टि गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। आज बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । नेता अधिकारीको उपचारका क्रममा शनिबार राति ह्याम्स अस्पतालमा निधन भएको थियो ।