काठमाण्डाै – ट्राफिक प्रहरीले सर्वसाधारणलाई मात्रै कारबाही गर्छ भन्ने हल्ला चल्छ । बेला बेला ट्राफिक प्रहरीको आलोचना पनि हुन्छ । तर नियम मिचेपछि ट्राफिक प्रहरीले आफ्नै हाकिमहरुलाई पनि कारबाही गर्छ भन्ने प्रमाण देखाइदिएको छ ।
ट्राफिक नियम मिचेपछि ट्राफिक प्रहरीले नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षकको गाडीलाई समेत कारबाहीको चिट काटेको छ ।
गएको शुक्रबार नर्भिक अस्पताल अगाडि बा १ झ ६४०८ नम्बरको गाडी पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरेको देखेपछि समिरमणी दिक्षितले ट्वीटरमार्फत उजुरी गर्नुभएको थियो ।
गुनासोपछि ट्राफिक प्रहरीले आइतबार प्रहरी नायव महानिरिक्षकको गाडीलाई कारबाही गरिएको जानकारी ट्विटरमार्फत दिएको छ । ट्राफिक प्रहरीले पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरेको गाडीका चालकलाई पाँच सय रुपैयाँ जरिवानासहित कारबाही गरेको छ ।
उज्यालो अनलाइन बाट साभार










