दमक/दमकमा शिक्षा क्षेत्रमा नमुनाको रुपमा आफुलाइ विकास गर्दै गएको झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय (जेम्स )ले भब्यताका साथ आफनो २३ औ बार्षिकोत्सव सहित अभिभावक दिवस मनाएको छ । उत्कृष्ठ शैक्षिक थलो बनाउने र विद्यार्थीहरुलाइ ब्यवहारिक शिक्षा प्रदान गर्ने जेम्सले प्रण समेत गरेको छ ।
जेष्ठ अभिभावक सम्मान सहित बिभिन्न सास्कृतीक कार्यक्रम सहित बार्षिकोत्सव र अभिभावक दिवस मनाईएको जेम्सका प्रीन्सिपल सागर श्रेष्ठले बताए । उनले जेम्सलाइ विद्यार्थीको मनोभावाना बुझेर उत्कृष्ठ शैक्षिक थलो बनाउने प्रयत्नमा लागि परेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन (एनप्याव्सन का केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा जेम्सलाइ अझ प्रगतीको कामना गर्दै यहाँको शैक्षिक क्षेत्रमा नमुना विद्यालय बनेको भन्दै बधाइ दिएका थिए ।
विद्यालयकी सञ्चालिका सलुजा श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा संस्थापक फाउण्डर जयबहादुर श्रेष्ठले आफुहरुको विद्यालय खोलेर चलाउनु कुनै स्वार्थ नरहेको भन्दै यहाँ गुणस्तरीय ब्यवहारिक शिक्षा प्रदान गरेर अहिलेका वालबालिकालाइ सक्षम नागरिक बनाउनु कर्तब्यबोध भएर लागि परेको बताए ।

बिद्यार्थीले देखाएर अभिभावकलाइ आफ्नो काम
जेम्सका बिद्यार्थीहरुले सामाजिक तथा ब्यवहारीक क्षेत्रमा गरेका कामहरु समेत आफ्नो अभिभावकहरुलाइ चार्ट पेपरमार्फत जानकारी गराएका थिए । स्काउट, इन्ट्रयाक्ट क्लव लगायतमा आवद्ध भएर उनिहरुले गरेका गतिविधिहरु देखाएपछि अभिभावकहरु प्रफुल्लित बनेका थिए । जेम्सले विद्यार्थीहरुलाइ ब्यवहारिक र सामाजिक बन्न सिकाउदै आएको बताइन्छ ।

कला प्रदर्शनी
बार्षिकोत्सव तथा अभिभावक दिवसमा बिद्यार्थीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । बिभिन्न भेषभुसामा सास्कृतीक नृत्यहरु र आधुनिक नृत्यहरु देखाएर विद्यार्थीहरुले अभिभावकको मन जितेको पाईएको थियो । कार्यक्रम पनि यहिका बिद्यार्थीहरु आफैले चलाएका थिए । अतिरिक्त क्रियाकलापमा जेम्सले आफ्ना विद्यार्थीहरुलाइ प्रोत्साहन गर्दै आएको छ ।











